भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई नेपाल सरकारको स्वास्थ्य बिमाको पहुँच पु¥याउन ‘एक घर एक स्वास्थ्य बिमा’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई नेपाल सरकारको स्वास्थ्य बिमाको पहुँच पु¥याउन ‘एक घर एक स्वास्थ्य बिमा’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
जीवराम दनुवार सानैदेखि जमिनदारको हरुवाचरुवा बसे । उमेर छउन्जेल जमिनदारको खेतबारी जोते । थोरबहुत जीविका चल्थ्यो । हातगोडा खिइएपछि जमिनदारको काम छाडे । सिन्धुलीको दुधौली नगरपालिका, तल्लो खुट्टेपानीस्थित मदन भण्डारी राजमार्ग छेवैमा ऐलानी जग्गामा सानो घर बनाएर परिवार बसाले । बुढ्यौली उमेर भए पनि बिहान–बेलुकी छाक टार्नलाई बनिबुतो गर्नैपर्छ उनले ।
जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बिमा गरेको हो । स्वास्थ्य बिमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिए । बिमा कार्यक्रममा आबद्ध सबैले यस कार्यक्रममार्फत् विभिन्न सेवा सुविधा पाउने र आबद्घता शुल्कसमेत गाउँपालिकाले […]
हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेका छन् । सोमबार बिहान मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरिएको हो । पदभार ग्रहणपछि मेयर लामाले हेटौंडाका १ हजार ५४१ अति विपन्न घर परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेकी छिन् […]
नेपालमा अहिले झन्डै दुई दर्जन बढी बिमा कम्पनी रहेका छन् । विगतमा भन्दा अहिले बिमा गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । अझ कोरोनाकालमा त स्वास्थ्य बिमा गराउनेको संख्या ह्वात्तै बढ्यो । अहिले आएर पशु बिमा, कृषि बिमा, घर बिमाका अवधारणा पनि आएका छन् । नेपालमा भएका बिमा कम्पनीले अन्य क्षेत्रले भन्दा आफ्नो व्यवसायलाई कोरोना […]
रुकुम पूर्व : रुकुमपूर्व अस्पतालबाट स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा पनि सुरू भएको छ। उक्त सेवा मंगलबारदेखि सुरू गरिएको हो।अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताइन्। जिल्लामै स्वास्थ्य बिमा सेवाले मुख्य रूपमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिल्ने बरालको भनाइ रहेको छ। उनले सबै घर परिवारले स्वास्थ्य बि
प्रकाश नेपाल इलाम । अहिले जिल्लामा एक लाख एघार हजार ६ सयले स्वास्थ्य बिमा गरेका छन । ६४ हजार पाँच सय दुई घरधुरी रहेको जिल्लाको तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाको प्रत्येक घर धुरीमा स्वास्थ्य बिमाको पुगेको देखिन्छ । कम खर्चमै विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा लिन सकिने भएकाले स्वास्थ्य बिमा गर्नेको संख्या बढ्दै गएको […]
पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकहरूलाई घर घरमा औषधि पुर्याइदिने भएको छ।आर्थिक वर्ष २०७८-०७९ का लागि सार्वजनिक गरिएको बजेटमार्फत यस्तो कार्यक्रम घोषणा गरिएको हो। सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गरिदिने र बिरामीको लागि घर-घरमा औषधि पुर्याइदिने जनतामैत्री कार्यक्रम घोषणा गरेको हो। उपाध्यक्ष साबीत्रा कोइरालाले प्रस्तुत गरेको बजेटमार्फत ‘अध्यक्षसँग नि:शुल्क औषधि’ कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ।स्वास्थ्य बिमा र औषधिका लागि एक करोड ५० लाख बजेट