पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकहरूलाई घर घरमा औषधि पुर्याइदिने भएको छ।आर्थिक वर्ष २०७८-०७९ का लागि सार्वजनिक गरिएको बजेटमार्फत यस्तो कार्यक्रम घोषणा गरिएको हो। सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गरिदिने र बिरामीको लागि घर-घरमा औषधि पुर्याइदिने जनतामैत्री कार्यक्रम घोषणा गरेको हो। उपाध्यक्ष साबीत्रा कोइरालाले प्रस्तुत गरेको बजेटमार्फत ‘अध्यक्षसँग नि:शुल्क औषधि’ कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ।स्वास्थ्य बिमा र औषधिका लागि एक करोड ५० लाख बजेट