चीन प्रभावित भएपछि नेपालले मध्य-पूर्व र खाडीका पर्यटक तान्न पहल गर्ने

काठमाण्डाै – कोरोना भाइरसका कारण चीनबाट आउने पर्यटक घट्ने भएपछि नेपालले वैकल्पिक बजार खोज्ने भएको छ ।  काठमाडौमा भएको पत्रकार सम्मेलनना होटल एसोसिएशन अफ् नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले चीनले कोरोना भाइरस फैलन नदिन सतर्कता अपनाएकाले नेपाल आउने पर्यटक कम आउने देखिएकोले अर्को बजार ख...

सम्बन्धित सामग्री

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्त्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताए ।'गुफासम्म पुग्ने...

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्त्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदरकुण्ड–३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताए ।'गुफासम्म पुग्ने...

प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल

छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताए । भ्रमणको शुरूमै चीनको राजधानी बेइजिङमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चिनियाँ व्यवसायीहरूको संस्था सिसिपिआइटी सम्मिलित ‘बिजनेस समिट’ सम्पन्न भएको थियो । उक्त समिटमा चिनियाँ लगानीकर्तासहित नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघलगायत नेपालका निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मिलित भएका थिए । समिटमा नेपाल र चीनका प्रतिष्ठित व्यवसायीहरूको सहभागिता हुनु र चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता हुनुलाई अध्यक्ष ढकालले नेपालमा चिनियाँ लगानी भित्र्याउन गरिएको प्रयासका रूपमा लिएका छन् । उनले भने, “निकै लामो समयदेखि हामी नेपाल र चीनका उद्योगी व्यवसायीहरू एक ठाउँमा बसेर द्विपक्षीय व्यापार र लगानीका विषयमा कुराकानी गर्न पाएका थिएनौँ । यसपटक हामीले दुई देशका उद्योगी व्यवसायी एवं लगानीकर्ताको सम्मेलन नै गरेका छौँ र नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि पहल गरेका छौँ ।” समिटमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीमा आबद्ध एक सयभन्दा बढी उद्योगी व्यवसायीहरूको सहभागिता थियो । सम्मेलनमार्फत उनीहरूले नेपालमा लगानीको सम्भावना र अवस्थाका बारेमा जानकारी लिएका थिए । “हामीले सम्मेलनमार्फत चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका सम्भावना देखाइदिएका छौँ । प्रधानमन्त्रीले पनि नेपालमा लगानीका लागि अपिल गर्नुभएको छ”, अध्यक्ष ढकालले भने, “प्रधानमन्त्रीले नेपालमा चिनियाँ लगानीको सुरक्षा र सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । नेपालमा लगानीका लागि चिनियाँ लगानीकर्ता पनि उत्सुक देखिएकाले यो भ्रमण आर्थिक दृष्टिले फलदायी रहेको महसुस मैले गरेको छु ।” सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्रीसहित विभिन्न मन्त्री र चीनका तर्फबाट वाणिज्य उपमन्त्री सहभागी थिए । चिनियाँतर्फबाट आफ्ना धारणा राख्ने क्रममा सिसिपिआइटीका प्रतिनिधि र चिनियाँ मन्त्रीले नेपालमा लगानीका प्रशस्त सम्भावना आफूहरूले देखेको र नेपालमा उत्पादित वस्तुको बजार चीन नै हुनसक्ने  बताएका थिए। सम्मेलनपछि व्यक्तिगत रूपमा पनि चिनियाँ उद्योगी व्यवसायीहरूले नेपालमा लगानीका लागि आउने विषयमा चासो व्यक्त गरेको बताउँदै अध्यक्ष ढकालले नेपालमा विदेशी लगानीको सुरक्षाको सुनिश्चितता गरिएको जानकारीगराएका थिए । उनले विदेशी लगानी भित्र्याउने प्रक्रिया सहजीकरणका लागि महासंघले पनि वैदेशिक लगानी सहजीकरण डेस्क स्थापना गरेको र यसमार्फत आवश्यक सहयोग एवं सहजीकरण गर्न सक्ने जानकारी गराएको बताए । त्यसैगरी भूकम्प र कोरोना महामारीका कारण बन्द भएका दुई देशबीचका नाका लामो समयदेखि खुल्न नसक्दा यसले नेपालको अर्थतन्त्रमा प्रत्यक्षरूपमा असर गरिरहेकाले यस भ्रमणका क्रममा नाका खुलाउने विषयमा सहमति भएकाले पनि स्थानीय तहका सीमा क्षेत्रका व्यवसायीलाई मात्र नभएर देशकै उद्योगी व्यवसायीहरूलाई पनि यसबाट प्रत्यक्षरूपमा लाभ पुग्ने अध्यक्ष ढकालको भनाइ थियो । उनले भने, “चीनतर्फ हाम्रो निकासी धेरै नभए पनि नाकाहरू बन्द हुँदा दुवैतर्फ हुने ‘क्रस बोर्डर’ व्यापारमा असर परेको छ । यसबाट आयात निर्यात प्रभावित भएको छ । अब नाका खुल्ने भएपछि यसले दुवैतर्फ आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्नेछ । यसपटकको चीन भ्रमणको यो पनि एक उपलब्धि हो ।”  नेपालबाट चीनतर्फ सेवा तथा वस्तु निर्यात निकै कम रूपमा छ । तर नेपालले गर्ने कूल आयातमा १६ प्रतिशत हिस्सा चीनको छ । यस्तो अवस्थामा दुवै देशका प्रधानमन्त्रीबीच भएको नेपाललाई कृषिजन्य उत्पादनका लागि अनुदान दिइनुका साथै नेपालमा कृषि तथा पशुपालनमा चीनतर्फबाट हुने नयाँ सहयोगबाट पनि नेपालमा कृषिजन्य उद्योग स्थापना र सञ्चालनमा सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ । नेपालले चीनसँग अहिले ठूलो व्यापार घाटा बेहोरिरहेको अवस्थामा कृषिजन्य वस्तुहरूको उत्पादन गरी चीनमा निर्यात बढाई व्यापार घाटा कम गर्नका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा गर्ने विषयमा पनि सहमति भएकाले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने अध्यक्ष ढकालले बताए । कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्त्वपूर्ण रहेको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योगधन्दा खोल्नका लागि सहयोग पुग्ने अध्यक्ष ढकालको विश्वास छ । नेपालमा कृषिजन्य उत्पादन निकै कम रहेको र त्यसमा पनि निर्यातयोग्य उत्पादन झनै कम रहेको अवस्थामा नेपालले लामो समयदेखि कतिपय उत्पादन निर्यातमा चीन सरकारले छुट दिनुपर्ने माग राख्दै आएकामा यस विषयमा पनि द्विपक्षीय छलफल भएकाले कार्यान्वयन हुनेमा अपेक्षा गरिएको उनको भनाइ थियो । भ्रमणका क्रममा विद्युत् प्रसारण लाइन निर्माणको सहमतिले पनि नेपालको उद्योग व्यवसायका साथै यस क्षेत्रमा हुने लगानीमा सकारात्मक प्रभाव पार्ने ढकालले बताए । त्यसैगरी नेपालतर्फको व्यापार व्यवसाय एवं दुवैतर्फका मानिसहरूको आवतजावतमा प्रत्यक्षरूपमा धेरै संलग्न हुने तिब्बत क्षेत्रको भ्रमण गरी आगामी दिनमा हुनसक्ने व्यापारिक सम्भावनाका बारेमा प्रधानमन्त्रीले गर्नुभएको अन्तरक्रिया र अध्ययन पनि भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष रहेको ढकालको भनाइ छ । भ्रमणका बीच कैलाश मानसरोवरको भ्रमण गरेर प्रधानमन्त्रीले नेपालकै बाटो भएर यसको भ्रमण एवं तीर्थाटनमा आउने सम्भावनाको खोजी गर्नु नेपालमा पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण काम भएको पनि उनले बताए । प्रत्येक वर्ष दशौँ लाख हिन्दू धर्मावलम्बी एवं पर्यटक अहिले कैलाश मानसरोवरको दर्शनका लागि तिब्बतको बाटो भएर जाने गरेका छन् । नेपालका धार्मिक पर्यटकहरूले पनि यसैगरी तिब्बतको घुमाउरो बाटो भएर त्यहाँ पुग्नुपर्ने अवस्था छ । तर कैलाश मानसरोवरमा पुग्नका लागि नेपालको हुम्ला वा मुस्ताङको कोरला नाका हुँदै जाँदा छोटो बाटो पर्ने भएकाले यसका लागि सडक निर्माण गर्न सकियो भने यसले नेपालकै पर्यटन क्षेत्रको प्रवर्द्धन हुने अध्यक्ष ढकालको भनाइ छ । “नेपाल र भारतका हिन्दू र बौद्ध धर्म मान्नेहरू प्रत्येक वर्ष ठूलो सङ्ख्यामा कैलाश मानसरोवर जाने गरेका छन् । उनीहरू हाल निकै घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन्”, अध्यक्ष ढकालले भने, “उनीहरूलाई नेपालकै तर्फबाट आउने व्यवस्था मिलाउन सकियो भने नेपालका लागि मात्र होइन कि करोडको सङ्ख्यामा बाहिरिने भारतीय पर्यटकलाई पनि सजिलो हुने मैले महसुस गरेको छु ।” नेपालबाट कैलाश आउने बाटो निर्माण हुन सके यसबाट बाटो पनि छोटो हुने र यात्रा सहज हुने भएकाले भारतीय पर्यटक बढ्नेमा उहाँले विश्वास व्यक्त गरे । रासस

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

तनहुँ । जिल्लाको पर्यटकीय क्षेत्र बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ ।  बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिए । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सूचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गरेका छन् ।  गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताए ।  गाउँपालिकाका अध्यक्ष थापाले भने, ‘बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।’  बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।  सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।  बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् ।  भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।  बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ । रासस

आईपिडिएफले चीन र थाइल्याण्डको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने

काठमाडौँ। आईपिडिएफले चीन र थाइल्याण्डको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने भएको छ। थाइल्याण्ड र चीनका प्रतिनिधिमण्डलसँगको भेटमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन परियोजना विकास गरी छिमेकी देशहरु चीन र थाइल्यांण्डका कम्तीमा ३० लाख पर्यटक

चार हप्ता चार्टर उडानबाट चिनियाँ पर्यटक आउँदै

काठमाडौं । कोभिड–१९ (Covid-19) पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक (Chinese Tourist) विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्स (Himalaya Airlines)को विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए । आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार्टर उडानबाट चिनियाँ आउनेछन् । हरेक हप्ता १ दिन चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल ल्याउने नेपाल बिग माउन्टेन (एनबीएम) ट्राभल कम्पनीले जानकारी दिएको हो । हरेक उडानमा १८० जना हुनेछन् । सन् २०२३ को मार्च १५ देखि चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई राखेसँगै त्यहाँबाट आउने पर्यटक बढेका हुन् ।  चीन सरकार (Chinese Government)ले आधिकारिक सूचना जारी नगरे पनि त्यहाँबाट नेपालमा पर्यटक (Tourist) आइरहेका छन् । तर, चीन सरकारको उक्त निर्णयपछि विमान नै चार्टर गरेर (Chartered Flight) उनीहरू आउन थालेका हुन् । एनबीएमका अध्यक्ष सुदर्शन नेपालले चीन सरकारले नेपाललाई घुम्न पर्ने देशको सूचीमा राखेको छोटो अवधिमै पर्यटक ल्याउन सकिएको बताए । ‘हामीले चार्टर उडानबाट पर्यटक ल्याउन शुरू गरिसकेका छौं,’ नेपालले भने, ‘अझै चिनियाँ पर्यटक नेपाल आउने पर्खाइमा छन् ।’ नेपाल एयरलाइन्सले चीनमा उडान गरे धेरै पर्यटक ल्याउन सकिने उनको भनाइ छ । अहिले आएका पर्यटक ८ दिन नेपालमा बस्ने उनको भनाइ छ । ‘उनीहरू काठमाडौं, पोखरा, पुनहिल तथा छोटो दूरीका हाइकिङ रुटमा जानेछन्,’ उनले भने । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (TIA)मा अवतरण गरेको उक्त समूहलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले स्वागत गरेका थिए । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो । उक्त अवसरमा मन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको बताए । रेग्मीले कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फर्किन थालेको भन्दै चिनियाँ पर्यटक आगमनले नेपालको पर्यटन क्षेत्र थप चलायमान हुने उल्लेख गरे । नेपाल–चीन सीमा नाका रसुवा र तातोपानीबाट आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन पनि आग्रह गरिएको छ ।

नेपालमा किन खर्चिला चिनियाँ पर्यटक आउँदैनन् ?

गत जनवरी २७, २०२३ मा ‘साउथ चाइना मर्निङ पोस्ट’मा आएको समाचारमा जनाइएअनुसार चीन सरकारले जनवरी महीनाको शुरूमै विश्वका २० ओटा देशमा चिनियाँ नागरिकलाई पर्यटकका रूपमा भ्रमण गर्न अनुमति दिएको छ । तर, दुःखको कुरो त्यसमा नेपाल परेको छैन । चीन सरकारले आफ्नो देशका नागरिकहरूलाई विदेशमा पर्यटक भई जान अनुमति दिएको २० ओटा देशको सूचीमा सिंगापुर, हङकङ, मकाउ, थाइल्यान्ड, मालदिभ्स, मलेशिया, संयुक्त अरब इमिरेट्स, रूस, न्यूजिल्यान्ड, स्वीट्जरल्यान्ड, क्यानाडा, संयुक्त राज्य अमेरिका (यूएसए), जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, भियतनाम, कम्बोडियालगायत यूरोपेली देश रहेका छन् । चिनियाँ पर्यटकको प्रमुख गन्तव्य पनि ती २० देश नै प्रमुख रूपमा रहेको पाइन्छ । हालसालै चिनियाँ पर्यटन उद्योगसँग सम्बद्ध एक संस्था ‘चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १७० मिलियन चिनियाँ नागरिकहरू पर्यटक भएर विदेश घुम्न निक्लिएका थिए । सन् २०२३ मा ११० मिलियन चिनियाँ नागरिकहरू पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । सन् २०१९ मा चिनियाँ पर्यटकले विश्वका विभिन्न देश घुम्ने क्रममा २५४ दशमलव ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए । विगत केही वर्षदेखि धेरै भन्दा धेरै चिनियाँ नागरिकहरू पर्यटकका रूपमा विश्व भ्रमण निक्लने र विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिन थालेपछि आआफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउन विभिन्न देशले चिनियाँ पर्यटकका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए । ट्रिप डट कम, डाटा ग्रूपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै लाखौं चिनियाँ नागरिकले अन्य देशको भ्रमणमा जानका लागि टिकट काटेको तथ्यांक रहेको थियो । मेरो विचारमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपाल भित्र्याउन चीनको ठूलो र धेरै जनसंख्या भएका शहरहरू चोङकिङ, साङ्घाई, पेचिङ, छन्तु, क्वान्चाओ, शेनजेन, तियानजिन, उहान, शुझोउ, लिनयी, हार्बिन, शिझियाझुवाङ, ह्वाङझाओ, झेङझोउ, सियान, नानयाङ, गाङझोङ, हान्दाङ, छिन्ताओ, बाओदिङ, पेइफाङ, वेनझोउ, आदि शहरमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । यी शहरमा मात्रै ३२ दशमलव ०५ मिलियनदेखि ८ दशमलव ७८ मिलियन चिनियाँ जनताको बसोवास रहेको छ । त्यसैले ती शहरबाट शून्य दशमलव १ प्रतिशत मात्रै चिनियाँ नागरिकहरू नेपालमा पर्यटक बनेर भ्रमण गर्न आए भने उनीहरूको संख्या कति पुग्ला ? यसका लागि हामीले चिनियाँ एयरलाइन्सहरू साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयरलाइन्स, शाङ्घाई एयरलाइन्स, साङदोङ एयर, शेनजेन एयर, सिचुआन एयर, शियामेन एयर आदिलाई नेपालमा कम्तीमा हप्ताको एकएक उडान गराउन सके सुनमा सुगन्ध हुने थियो । हुन त गत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी पेचिङमा आफ्नो उडान सुरू गरिसकेको छ भने नेपाल एयरलाइन्सले पनि चीनको राजधानी पेचिङ, गुइयाङ, चाङसा, शेनजेन, चोङकिङलगायत शहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।   चीन सरकारले २००३ देखि मात्रै चिनियाँ नागरिकहरूलाई पर्यटकका रूपमा नेपाल आउने अनुमति दिएको हो । सोही वर्ष ७ हजार ५६२ जना चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भ्रमण गर्न आएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थियो, गएको २ वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा हामीले वेलैमा सोचेर सोहीअनुसार चिनियाँ पर्यटक भित्र्याउने रणनीति बनाउनुपर्ने देखिन्छ । नेपाल आउने चिनियाँ पर्यटकहरू किन छोटो अवधिका लागि मात्रै आउने गरेका छन्, किन कम खर्च गर्ने खालका चिनियाँ पर्यटकहरू मात्रै नेपाल आइरहेका छन् ? यस सम्बन्धमा पनि हामीले गहिरो गरी अध्ययन गर्नुपर्ने देखिन्छ । चिनियाँ पर्यटकहरू नेपालमा ४/५ दिनदेखि ९/१० दिनसम्म बिताउनेहरू बढी देखिन्छन् । हुन त चिनियाँ पर्यटकहरू नेपाल आएपछि एकै जनाले ट्रेकिङ, र्‍याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ, कायाकिङ आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भारतीय र अन्य देशका पर्यटकबाट भन्दा धेरै फाइदा हुने गरेको देखिन्छ । तापनि हामी डिलक्स, लक्जरियस र सक्दो खर्च गर्न सक्ने र कम्तीमा ८/१० दिनदेखि १४/१५ दिनसम्म नेपालमा बिताउने खालका चिनियाँ पर्यटक र भारतीय पर्यटकहरू धेरैभन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ । नेपाल आउने विदेशी पर्यटकहरू खासै खर्चिला हुँदैनन् भनिन्छ । चिनियाँ पर्यटकहरू ‘मक्खिचुस’ नै भने होइनन् । किनभने, संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था यूएन–डब्ल्यूटीओलगायत विश्व पर्यटनसँग सम्बद्ध संघसंस्थाहरूले विभिन्न समयमा गर्ने गरेको विभिन्न अनुसन्धान र सर्वेक्षणहरूमा चिनियाँ पर्यटकहरू लगातार रूपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिने/दरिने गरेका छन् । लेखक पर्यटनकर्मी हुन् ।

पर्यटनको भारतीय बजारलाई उपेक्षा

नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ  । बुद्ध  जन्मस्थलमा आउने पर्यटकलाई लक्षित गरी बनाइएको यो विमानस्थल सञ्चालनमा आए पनि त्रिभुवन विमानस्थलको विकल्प बन्न सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन । निजगढ विमानस्थल बनाउन ठूलो खर्च लाग्छ तर भैरहवा विमानस्थल राम्ररी सञ्चालन गर्न सकिए त्रिभुवन विमानस्थलमा हुने भीडभाड कम गर्न सकिन्छ । श्रीलंका, थाइल्यान्ड, चीन लगायतका मुलुकबाट पर्यटक भित्र्याउन यो विमानस्थल निकै सहयोगी हुन सक्छ तर यसका लागि आवश्यक एयर रुट भारतले नदिएकाले यसको पूर्ण उपयोग हुने सम्भावना भने कमै देखिएको छ   भारतीय पर्यटक भनेका खर्च नगर्ने भन्ने सोच पाइन्छ । यही सोचले गर्दा नेपालको पर्यटन पछि परेको हो भन्न सकिन्छ । यस विमानस्थलमा भारतीय सहरबाट उडान गर्न थालियो भने भारतीय पर्यटक ल्याउन सहज हुन्छ । साथै, बुद्धिस्ट सर्किटमा आउने पर्यटकलाई पनि यसमा जोड्न सकिन्छ । भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल बनाएको छ । जन्मबाहेक बुद्धसँग सम्बन्धित अन्य क्षेत्र भारतमा नै पर्दछ । त्यसैले उसले कुशीनगरलाई उच्च महत्व दिएको देखिन्छ । भैरहवा विमानस्थलमा भारतीय प्रधानमन्त्रीलाई ओराल्न नसक्नु नेपालको कमजोरी हो । भारतीय पर्यटक तान्ने एउटा ठूलो अवसर यसबाट गुमेको छ । भारतीय पर्यटन बजारका लागि मोदी सित्तैका प्रचार पाउने माध्यम हुन् । उनले मुक्तिनाथको दर्शन गरे पछि त्यहाँ आउने भारतीय पर्यटकको संख्या निकै बढेको यहाँ स्मरणीय छ । भैरहवा विमानस्थलमा उनलाई ओराल्न सकेको भए यो विमानस्थलको पनि प्रचार हुन्थ्यो । हुन त भारतले यो विमानस्थलका लागि आवश्यक हवाइ रुटको माग पूरा हुँदैन भन्ने सन्देश दिनका लागि हेलिप्याडमा उत्रने निर्णय गरेको हुन सक्छ । जे भए पनि नेपालले आफै पहल नगरेको अवस्थामा भारतलाई मात्रै दोष दिनु उपयुक्त हुँदैन । नेपालमा ठूलो संख्यामा भारतीय तीर्थयात्री आउने गरेका छन् । चाहे तीर्थयात्री होऊन् चाहे विशुद्ध पर्यटक, उनीहरूलाई नेपालमा राम्रो व्यवहार गरेको कमै पाइन्छ । भारतीय पर्यटक भनेका खर्च नगर्ने भन्ने सोच पाइन्छ । यही सोचले गर्दा नेपालको पर्यटन पछि परेको हो भन्न सकिन्छ । विभिन्न धार्मिक स्थल र पर्यटकीय स्थलमा पनि भारतीय तीर्थयात्रुलाई हेपेर व्यवहार गरेको पाइन्छ । यहाँ आएका ती पर्यटकले लिएर जाने अनुभव राम्रो भएन भने थप पर्यटक कसरी आउलान् ? त्यसैले भारतीय पर्यटकमाथि दुव्र्यवहार हुनु हुँदैन । नेपालमा आउने पर्यटकमा भारतीयहरूको संख्या सर्वाधिक छ । सबै खर्चालु नहोलान् तर खर्चालु पर्यटक पनि आएका छन् । भारतीय सेलेब्रिटीहरूले नेपालको सित्तैमा प्रचार गरिदिएका छन् । यो पाटो हामीले बिर्सनु हुँदैन । भारतीयहरू आफ्नै गाडी लिएर नेपाल आउन पाउँछन् । त्यसो हुँदा गर्मी छल्न, तीर्थ गर्न, हनिमुन मनाउन तथा सस्तो पर्यटकीय गन्तव्यको मजा लिन उनीहरूले नेपाललाई रोज्ने गरेका छन् । तर, नेपालको पर्यटन बजार नीति के हो, कस्तो हो, अन्योलपूर्ण नै देखिन्छ । अन्य देशमा भन्दा भारतमा नेपालको प्रचार नीति फरक हुनुपर्छ । यहाँ आएका भारतीय पर्यटकले सकारात्मक सन्देश लैजानु पर्छ । तर भारतीयहरूप्रतिको नकारात्मक टिप्पणी र हेलचेक्य्राइँपूर्ण व्यवहारले नेपालले एउटा राम्रो बजार गुमाउन सक्छ । भारतीय पर्यटकले बार्गेनिङ जरुर गर्छन् तर तीर्थयात्रीबाहेक अन्य पर्यटकले खानेकुरा बोकेर आउने गर्दैनन् । त्यसैले झोले पर्यटकभन्दा भारतीय पर्यटकबाट व्यवसायीले बढी लाभ लिन सक्छन् र लिएको पनि पाइन्छ । होटलमा बस्न आउने भारतीय र चिनियाँ पर्यटक तुलना गर्ने हो भने खर्चका मामिलामा भारतीय नै अगाडि रहेको समेत पाइन्छ । तर, भारतीय पर्यटक लक्षित पर्यटन प्याकेज खासै छैन । मानसरोवर यात्रा एउटा राम्रो प्याकेज छ तर त्यो अहिले कोरोनाका कारण ठप्प छ । साहसिक  पर्यटनका लागि भारतीय पर्यटक तान्न सकिएको छैन जब कि त्यसको सम्भावना राम्रो छ । भारतीय पर्यटक ल्याउन भारतका विभिन्न ठूला सहरमा नेपाली वायु सेवा कम्पनीहरूले उडान थाल्नुपर्ने हुन्छ । भारतकै विमानहरू अब भैरहवा र पोखरामा सिधै उडाउन आकर्षित गर्नुपर्छ । भैरहवा त खुला भएको छ तर भारतीय वायु सेवा कम्पनीहरूले यहाँ उडान गर्न चासो दिएका छैनन् । चितवन, भैरहवा आदि क्षेत्रमा नेपालीले विमानबाट भारत जानका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । त्यस्तै पोखरामात्र घुम्न चाहने भारतीय पर्यटकहरूलाई काठमाडौं आएर पोखरा जानुपर्ने बाध्यता छ । मानसरोवर जाने भारतीय तीर्थयात्रुहरू पहिला काठमाडौं आउने अनि नेपालगन्ज भएर जानुपर्ने बाध्यता छ । यसको अन्त्यका लागि भैरहवा विमानस्थल उपयुक्त विकल्प देखिन्छ । नेपालीहरू भारतमा विभिन्न धार्मिक स्थलमा जाने गरेका छन् तर त्यहाँ उनीहरूले खर्च गर्नुपर्ने ठाउँ धेरै हुन्छ । तर नेपालमा आउने भारतीय तीर्थयात्रुहरूलाई मन्दिरहरूमा कुन कुन पूजा लगाउन मिल्छ जस्तो कुरा पर्याप्त जानकारी हुँदैन । उदाहरणका लागि पशुपतिनाथको दर्शन गर्न आएको भारतीय तीर्थयात्रीहरू सँगैका गुह्येश्वरी मन्दिर ज्यादै कम जान्छन् । उनीहरूलाई त्यहाँ लैजान नसक्नु नेपालको कमजोरी हो । त्यस्तै काठमाडौं आइसकेका उनीहरूलाई बूढानीलकण्ठ, डोलेश्वर आदि मन्दिर लैजान नसक्नु पनि ठूला कमजोरी नै हो । केवलकारको सञ्चालन पछि मनकामना मन्दिर जाने भारतीय पर्यटक बढेका छन् तर पशुपति आउने धेरैलाई मनकामना मन्दिरबारे थाहा छैन । नेपालीहरू हँसिला र सहयोगी भनी विश्व पर्यटन बजारले चिनेको छ । यही भएर पनि पर्यटकहरूले नेपाल रोज्ने गरेका छन् । तर, भारतीय पर्यटकले भने यस्तो अनुभव कमै गरेको पाइन्छ । उनीहरूलाई पर्यटक नै होइनन् जस्तो सोच कतिपय नेपाली, पर्यटनकर्मी र व्यवसायीमा पाइन्छ । भारतमा मध्यम वर्गको उदय भइरहेको छ । त्यसैले भारतीयहरू भ्रमणका लागि अन्य मुलुक जाने क्रम बढ्दो छ । बालीले हिन्दु मन्दिर र संस्कार देखाएरै विश्व पर्यटन बजार आफूतिर आकर्षित गरिरहेको छ तर नेपाल भने विश्वमै हिन्दु बहुल देश भएर पनि उनीहरूलाई पर्यटक बनाएर ल्याउन सकिरहेको छैन । यसमा नेपालकै कमजोरी देखिन्छ । पन्त नेपाल एसोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

पर्यटन उकास्न पर्यटनका संघसंस्थाले के गर्न सक्छन् ?

कोरोनाबाट थलिएको पर्यटन बिस्तारै लयमा फर्कन थालेको छ । अहिले दैनिक २ हजारभन्दा बढी पर्यटक त्रिभुवन विमानस्थलबाट भित्रिइरहेका छन् । वसन्त याममा हिमाल आरोहण गर्नका लागि स्वीकृति लिनेको संख्या पनि बढेको छ । भारतीय नम्बर प्लेटका गाडी छ्याप्छ्याप्ती देखिन थालेका छन् । मुस्ताङका होटलहरू भारतीय तीर्थयात्रुले भरिएको समाचार आइरहेको छ । यसरी हेर्दा अपेक्षा गरिएभन्दा चाँडो पर्यटनले गति लिन सक्ने देखिएको छ । यद्यपि धेरै पर्यटक आउने चीनबाट भने पर्यटक आगमन करिब करिब शून्य नै छ । अहिले चीनमा कोरोना संक्रमण बढेको छ र कतिपय शहरमा लकडाउन लगाइएको छ । दक्षिण कोरियामा पनि कोरोना संक्रमण तीव्र फैलिएको छ । भारतमा पनि संक्रमण दर बढ्न थालेको छ । त्यसको असर पर्यटनमा फेरि नपर्ला भन्न सकिन्न । यस्तोमा पर्यटनसँग सम्बन्धित संघसंस्थाको चासो, प्रयास र दबावले पर्यटनलाई टेवा पुग्न सक्छ । नेपालमा व्यावसायिक संघसंस्थाहरूमा राजनीति हाबी भएको छ । त्यसको असरले यस्ता संस्थाहरू व्यावसायिक समस्याको समाधानमा भन्दा राजनीतिक रूपमा स्वार्थपूर्तिको माध्यम बनेको पाइन्छ । यस्ता संस्थाको अधिवेशनमा नै सदस्यहरू व्यावसायिक समस्या समाधान गर्ने नेतृत्वभन्दा राजनीतिक आस्थाका आधारमा नेतृत्व चुन्न तयार देखिन्छन् । त्यही भएर व्यवसायका समस्या ज्यूँका त्यूँ रहेको पाइन्छ । यसै सन्दर्भमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) को नयाँ नेतृत्व चुनिएको छ । निर्वाचनका बेला जेजस्तो भए पनि अब नाट्टाले पूर्ण रूपमा व्यावसायिक बन्नु जरुरी छ । धेरै समयदेखि नाट्टाले उठाउँदै आएका थु्रप्रै मागहरू सरकारले पूरा गरिदिएको छैन । तिनको सम्बोधन भए पर्यटन व्यवसायीलाई केही राहत पुग्ने थियो । पूर्वाधारसहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन लगायत सीमित पर्यटन उद्योगहरूलाई मात्र औद्योगिक व्यवसाय ऐन २०७३ ले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएको छ । त्यसैले यीबाहेक अन्य पर्यटन उद्योगहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सरहको सेवा सुविधा दिलाउन आवश्यक छ । पर्यटन उद्योगलाई अत्यावश्यक सेवा सञ्चालन ऐन अन्तर्गत राखी अन्य आकस्मिक सेवाहरू सरह सुविधा प्रदान गरी बन्द, हडताल र चक्काजामको स्थितिमा पनि पर्यटक बोकेका सवारीहरू निर्बाध रूपले सञ्चालन गर्न गराउन पाउने व्यवस्थाका लागि पहल गर्नुपर्छ । हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गरिएको छ । अब गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट धेरै भन्दा धेरै उडानका लागि पहल गरिनु पर्छ । यसो हुन सके लुम्बिनीमा पर्यटक संख्या निकै बढ्न सक्छ । खासगरी श्रीलंका, थाइल्याण्ड, चीन, जापान आदि देशबाट सीधा उडानका लागि नाट्टाले पनि माग गर्नुपर्छ । काठमाडौंबाट लामो दूरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरूको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा यस क्षेत्रले बारम्बार विभिन्न समस्याहरू झेल्नु परेको छ । तसर्थ, काठमाडौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरूमा सरकारले उपयुक्त स्थल चयन गरी टुरिस्ट बस टर्मिनलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु आवश्यक छ । पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनका माध्यम हो । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको छ । तर, यस क्षेत्रले दक्ष जनशक्ति पाउन सकेको छैन । दक्ष जनशक्ति विदेशिँदा पनि समस्या भएको छ । त्यसैले पर्यटनको अध्ययन तथा तालिमका एकडेमीको स्थापना हुन आवश्यक देखिन्छ । त्यसका लागि नाट्टाले आवाज उठाउनुपर्छ । विद्यमान पर्यटन ऐन तथा यातायात व्यवस्था ऐनमा पर्यटक शब्दको परिभाषा बाझिएको सन्दर्भमा आन्तरिक पर्यटकहरूले पर्यटन सवारीमा यात्रा गर्न नपाएको तथा पटक पटक बस व्यवसायीहरू बीच तनाव सृजना भई विदेशी यात्रुहरूले समेत जोखिम उठाउनु परेको अवस्थालाई ध्यानमा राखी उपर्युक्त दुवै ऐनमा आवश्यक संशोधन गरिनु जरुरी छ । ट्राभल एजेन्ट्स तथा टूर अपरेटरहरूलाई पर्यटकहरूको सेवा सुविधाका लागि विदेशबाट पैठारी गरिने सवारी साधनमा भन्सार छूटको व्यवस्था गरिनु पर्छ । अन्तरराष्ट्रिय स्तरका सवारी साधनहरू प्रचलनमा नभएका तथा ती अत्यन्तै महँगा पनि हुने भएकाले ट्राभल व्यवसायीहरूलाई यस्ता सवारी साधन पैठारी गर्न भन्सार तथा अन्य कर छुटको आवश्यकता छ । नयाँ पर्यटकीय स्थलहरूमा पर्यटन सेवाका लागि स्थापना गरिने पूर्वाधार निर्माण गर्ने सम्बन्धित उद्यमी/व्यवसायीहरूलाई सरकारबाट समुचित प्रोत्साहन दिनु जरुरी छ । नाट्टा पर्यटनसँग सम्बन्धित संस्थाहरूमध्ये पुरानो र ठूलो पनि हो । त्यसैले पर्यटन बोर्ड, पर्यटन विभागसँग छलफल गरी व्यवसायीका समस्या समाधान गर्न पहल गर्नुपर्छ । नाट्टाले पर्यटन विभाग, पर्यटन बोर्ड तथा विभिन्न वायु सेवा कम्पनीहरूसँग राम्रो सम्बन्ध कायम गरी सहकार्यको वातावरण बनाउनुपर्छ ।   अहिले बिस्तारै उठ्न थालेको पर्यटनलाई गति दिन प्रचारप्रसारको पनि आवश्यकता छ । त्यसका लागि बोर्डलाई झक्झक्याउने काम नाट्टाको हो । सातै प्रदेशमा बोर्ड स्थापनाका लागि पनि पहल गर्नुपर्छ । नाट्टा आफैले पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ । सरकार  नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा छ । सरोकारवालाहरूसँग आगामी आर्थिक वर्षमा लिनुपर्ने नीतिहरू बारे अर्थमन्त्रालयले छलफल गरिरहेको छ । अर्थमन्त्रालयसँग समन्वय गरी पर्यटन उकास्नका लागि कार्यक्रमहरू ल्याउन नाट्टाको पहल जरुरी छ । पर्यटन व्यवसायीहरूका अनेकौं संघसंगठन छन् । विधागत रूपमा यस्ता संगठनको आवश्यकता पनि छ । तर, पर्यटन एकअर्कासँग सम्बन्धित भएकाले सामूहिक आवाजको महत्त्व पनि छ । त्यसैले पर्यटन महासंघको स्थापना अहिलेको आवश्यकता हो । यसका लागि पनि नाट्टाले पहल गर्न सक्छ यद्यपि त्यो सहज भने छैन । पर्यटन क्षेत्रले डलर भित्र्याएर अर्थतन्त्रमा राम्रो योगदान दिए पनि गुणस्तरीय पर्यटक ल्याउन सकिएको छैन । यसका लागि नेपाली विमान युरोपेली मुलुकमा उड्न आवश्यक छ । त्यसका लागि पनि सरकारलाई घच्घच्याउन आवश्यक छ । लेखक नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका पूर्वमहासचिव हुन् ।