काठमाडौं। पूर्व प्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोप सफल भएको छ। एपोलो अस्पताल दिल्लीमा खनालको उपचार भइरहेको थियो। उनको आज मृगौला प्रत्यारोपण सफल भएको स्वकिय सचिव कृष्ण भट्टराईले बताएका छन्। खनाल केही समय अस्पतालमै आराम गरी र निको भएपछि नेपाल फर्कने बताइएको छ। खनाललाई असार २ गते उपचारका लागि भारत लगिएको थियो।