दरबन्दीअनुसार चिकित्सक नहुँदा डोल्पा अस्पतालमा समस्या

जाजरकोट : कोरोना संक्रमितले अस्पताल भरिभराउ भएपछि जिल्ला अस्पताल डोल्पामा सेवा प्रवाहमा समस्या भएको छ।आठजना चिकित्सकको दरबन्दी रहेका अस्पतालमा अहिले करारका तीनजना डाक्टर मात्र छन्।दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिक काम गर्न मुस्किल भएको डा. मेलिना हमालले बताइन्। अहिले अस्पतालमा रहेका तीनजना चिकित्सककै भरमा अपरेशन, सुत्केरी तथा कोभिड बिरामीलाई सेवा दिनु परेको उनले बताइन्।‘अहिले अस्पतालमा ३२ शय्या छन्। ती सबै भरिभराउ छ,’ उनले भनिन्, ‘हामीसँग भएको जनशक्तिले मात्र काम गर्न गाह्रो

सम्बन्धित सामग्री

के कारणले मेरुदण्डमा समस्या हुन्छ ?

मेरुदण्डको हड्डी मानिसको जीवनरेखा जस्तै हो।यो नहुँदा हामी सिधा उभिन पनि सक्दैनौँ।मेरुदण्डको माध्यमबाट केन्द्रीय स्नायु प्रणालीको रक्तधार र चेतनाचक्र प्रवाहित हुन्छ।धेरै मोटो र धेरै पातलो व्यक्ति या कुपोषणका सिकार भएका व्यक्तिमा पनि यो समस्या देखिन सक्ने चिकित्सक बताउँछन्।यस्तै सुत्ने विस्तारा वा पोजिसन नमिल्दा पनि समस्या देखिनसक्छ।मेरुदण्डले मानिसको तौललाई धान्ने स्नायु प्रणालीको समेत महत्वपूर्ण भाग रहेको […]

दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या

दोधारा चाँदनी, २१ असार । महाकाली प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल १५ जना मात्रै कार्यरत छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालमा बिरामीको चाप बढी भएको र दरबन्दी अनुसारका चिकित्सक नहुँदा समस्या भएको बताए । हाल अस्पतालमा […]

भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या

चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ। अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ। अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन्।

बाजुरामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

२९ साउन, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्‍यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको […]

मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या

मुगु – मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि एमडीजीपी विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो । २०६३ सालमा स्थापना भएको अस्पताल विशेषज्ञ चिकित्सक छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट काजमा आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती […]

सल्यान अस्पतालमा तत्काल चिकित्सक पठाउन माग

सल्यान : सल्यान जिल्ला अस्पतालमा चिकित्सक पठाउन माग गर्दै सल्यानवासीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा पुगेर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरूले पत्र बुझाएका हुन्।सल्यान अस्पतालमा केही समय यता चिकित्सक नहुँदा नियमित सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा आठ जना चिकित्सकको दरबन्दी भए पनि दरबन्दीअनुसारका डाक्टर छैन। केही समयअघि अस्पतालमा कार्यरत केही चिकित्सकको सरुवा भएको र केही तालिममा गए

इनरुवा जिल्ला अस्पताल सुधार गर्न दलहरु एकमत

दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नहुँदा इनरुवा जिल्ला अस्पतालमा लामो समयदेखि समस्या रहेको छ। राण प्रधानमन्त्री भिम समेशरका पालमा १९८७ सालमा झोडा फडानी ताका सुरु भएको ५० वेडको अस्पताल विशेषज्ञ चिकित्सक नहुँदा समस्या सृजना भएको हो।...

चिकित्सक अभाव भएपछि अस्पतालको सेवा प्रभावित

जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।  जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो । प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । ...

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

कोभिड अस्पतालमा छैनन् चिकित्सक, विज्ञापन गर्दा पनि पर्दैन दरखास्त

बैतडी : बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा छन्। संघीय सरकारले गत वर्ष नै बजेट बिनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सक बिना सञ्चालनमा रहेका हुन्।संघीय सरकारले गत माघ मै स्थानीय तहहरुमा पाँच बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहहरुले मेडिकल अधिकृत पाउन सकेका छैन।अस्थायी कोरोना अस्पतालमा आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको