जिल्ला अस्पताल दार्चुलामा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।
जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रिक्त छ ।
जिल्ला अस्पतालमा २ दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो ।
प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए । रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । ...