सल्यान अस्पतालमा तत्काल चिकित्सक पठाउन माग

सल्यान : सल्यान जिल्ला अस्पतालमा चिकित्सक पठाउन माग गर्दै सल्यानवासीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा पुगेर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरूले पत्र बुझाएका हुन्।सल्यान अस्पतालमा केही समय यता चिकित्सक नहुँदा नियमित सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा आठ जना चिकित्सकको दरबन्दी भए पनि दरबन्दीअनुसारका डाक्टर छैन। केही समयअघि अस्पतालमा कार्यरत केही चिकित्सकको सरुवा भएको र केही तालिममा गए

सम्बन्धित सामग्री

चिकित्सक र स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कारबाही गर्न त्रिविको माग

काठमाडौं, १९ असोज।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ। विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमण नरोकिए स्वास्थ्यकर्मी विदेश पलायन हुन सक्ने चेतावनी दिएको छ। त्रिविबाट उत्पादन भएका चिकित्सक र स्वास्थ्यकर्मी स्वदेश तथा विदेशमा समेत गुणस्तरीय सेवा प्रदान गरेकाले शृङ्खलाबद्ध रूपमा आक्रमण गनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।

डा पराजुलीमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले गोरखा अस्पतालमा कार्यरत डा अविनाश पराजुलीमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको छ।

डा गोविन्द केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले धनगढीमा अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ।

डा.केसीको जीवनरक्षा गर्न चिकित्सक सङ्घको माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा ध्यानाकर्षण गराएको छ । चिकित्सक सङ्घले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध गर्दछ ।’ […]

केसीको जीवनरक्षाका लागि चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा अबिलम्ब वार्ता निष्कर्षमा पु¥याई डा. के.सी.को जीवन रक्षा गर्न माग गरिएको छ । डा केसी चिकित्सा क्षेत्र सुधार सम्बन्धी ७ बुँदे माग गर्दैै धनगढीमा भाद्र २७ गतेदेखि २० औं आमरण बसेका हुन् । सरकारले डा. के.सी.को मागका सम्बन्धमा वार्ता टोली गठन गरेकोमा संघले स्वागत पनि गरेको छ ।

डा. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

३ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा ध्यानाकर्षण गराएको छ । चिकित्सक संघले भनेको छ, ‘उहाँको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्‍याई डा. केसीको जीवन रक्षा गरिदिनु वार्ता टोलीलाई हार्दिक अनुरोध […]

भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले चिकित्सकहरुलाई  सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ।

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ।

भेरीका चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सरकारी चिकित्सक संघको माग

काठमाडौं : सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले भेरी अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारवाही गर्न माग गरेको छ। गोदानले बिहीबार राति उपचारमा संलग्न चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको हो।गोदानका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीले शुक्रबार बिहान विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन्। बाँकेको नेपालगञ्जस्थित भेरी