काठमाडौँ : बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई आज प्रहरीले काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको छ। कास्की जिल्ला अदालत, पोखराको असार १ गतेको आदेशानुसार २ वर्ष कैद सजायँ तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई आज सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।मदन केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कास्की घर भई हाल जिल्ला काठमाडौँको सतुङ्गल घर भएका ४५ वर्षीय राजेन्द्र भण्ड