मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफ्ना अधिकार स्थापित गर्न प्रदेश सरकारले केन्द्रीय सरकारसँग सहकार्य र संघर्ष दुवै गर्ने बताएका छन्। मंगलबार विराटनगरमा आयोजित स्थानीय तहहरुको असल अभ्यास आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आउँदा दिनमा प्रदेश सरकारले संघीय सरकारसँग समन्वय, सहकार्य मात्र नभई संघर्ष पनि गर्ने बताएका हुन्। मुख्यमन्त्री कार्कीले सरकारलाई गति […]