बागमती प्रदेशसभाको अवरुद्ध बैठक सुचारु गर्न दलहरूसँग छलफल

मकवानपुर । बागमती प्रदेशसभा बैठक सुचारु गर्ने दिशामा सत्ता पक्षले प्रमुख प्रतिपक्ष लगायतका दलसँग छलफल अघि बढाएको छ ।सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक केशवराज पाण्डेले अवरुद्ध संसद् सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलसहित अन्य विपक्षी दलसँग छलफल अघि बढाइएको रातोपाटीलाई बताए ।उनले माओवादी केन्द्रको अवरोधका कारण संसद् सञ्चालनमा कठिनाई भएको भन्दै प्रतिपक्षी दलहरूसँग छलफल गरी प्रदेशसभा बैठक आह्‍वानको गृहकार्यमा लागेको बताए ।प्रतिपक्षी दलहरूसँगको सहकार्यमा संसद् सञ्चालन गरी विभिन्न विध

सम्बन्धित सामग्री

हिमपातका कारण दुई दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट – आइतबारदेखि अवरुद्ध हुम्लाको हवाई सेवा मंगलबारबाट सुचारु भएको छ। हिमपातका कारण हुम्लाको हवाई सेवा अवरुद्ध भएको थियो। मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि हवाई उडान सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज तारा र समिट एयरले एक/एक उडान भरेका छन्। तारा एयरले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न र व्यापारी सामान ढुवानी […]

अवरुद्ध हवाई सेवा सुचारु

सिमकोट- अवरुद्ध भएको हवाई सेवा बुधबार बिहानैबाट सुचारु भएको छ। हावाहुरी लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो। अघिल्लो दिन अबरुद्ध भएको हवाई सेवा आज बिहानैबाट सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज पहिलो उडान नेपालगञ्जबाट सीता एयरले भरेको थियो भने त्यसपछि समिट र तारा एयरले पनि भरेका थिए। आज दिनभर सुर्खेत र नेपालगञ्जबाट उडान […]

पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित तमादीखोला, दोविल्ला र मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिबाट खसेको पहिरोका कारण गएराती देखि नै अवरुद्ध सडक सुचारु भएको हो । तमादीखोला र […]

सहमति पछि गुलरिया राजापुर अवरुद्ध सडक सुचारु

सोमबारदेखि अवरुद्ध रहेको गुलरिया राजापुर सडक आज दिउँसोबाट सुचारु भएको छ। मृतक पक्ष र सरकार पक्षबीच ८ बुँदे सहमति भएपछि अवरुद्ध सडक सुचारु भएको हो।...

बर्दियामा तीन दिनदेखि अवरुद्ध राजमार्ग सुचारु

बर्दिया । तीन दिनदेखि अवरुद्ध बर्दियाको राजापुर सडकखण्ड बुधबारबाट सुचारु भएको छ । सोमबार बिहान मधुवन नगरपालिका –२ सोनफाँटाकी ४१ वर्षिया अस्मिता थारु बाघको आक्रमणबाट घाइते भएपछि स्थानीयले हुलाकी मार्ग अवरुद्ध गरेका थिए । सडक खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीको गोलीलागि मधुवन–२ कै १८ बर्षीय नविना चौधरीको ज्यान गएको थियो । प्रमुख जिल्ला […]

मध्यपहाडी लोकमार्ग अन्तर्गत अवरुद्ध सडक एकतर्फी सुचारु

मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिकामा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग शनिबार बिहानदेखि सुचारु भएको हो ।शुक्रबार दिनभर र शनिबार बिहान दुई वटा जेसिबी लगाएर पहिरो पन्छाएपछि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए । सडक एकतर्फी खुलेपछि अलपत्र सवारी साधनहरू गन्तव्यतिर लागेका छन् । जिल्ला भित्रै चल्ने सवारी साधन र रुकुमकोटबाट बा

तीन दिनदेखि अवरुद्ध हुम्लाको हवाई सेवा सुचारु

सिमकोट– हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा तेस्रो दिनपछि सुचारु भएको छ। बुधबार बिहानैबाट मौसममा सुधार आउँदा अवरुद्ध हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रवन्धक नवराज कटुवालले अवरुद्ध रहेको तेस्रो दिनमा हवाई सेवा सुचारु रहेको जानकारी दिए। हवाई सेवा सुचारु भएपछि जिल्लामा भित्रिने र जिल्ला बाहिर जाने यात्रु आफ्ना […]

प्रदेश १ को अवरुद्ध सदन सुचारु

काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए । ओखलढुंगाबाट विजयी […]

भोटखोलामा अवरुद्ध टेलिफोन सेवा २० दिनपछि सुचारु

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा सुचारु भएको छ। दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा शुक्रबार बिहानबाट खुलेको हो।भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि सुचारु भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए।अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि शुक्रबार बिहान १० बजे बाट सुचारु भएको सूचना अधिकारी मोक्तानले बताए। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका थिए।मकालु गाउँपाल

अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु

धनगढी  : मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्गअन्‍तर्गत स्याउले सडक सुचारु भएको छ।उनीहरुले मोटरसाइकल र चालकको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारबाही गरिने बताएपछि राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएको छ।शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपच