महिला उद्यमीका सामग्रीको बजारीकरणबारे छलफल

ललितपुर महानगरका महिला उद्यमीका समस्या, अवसर, उत्पादन भएका सामग्रीको बजारीकरणबारे छलफल गरिएको छ । ललितपुर महानगरपालिकाले सोमबार ‘तेस्रो महिला उद्यमी सम्मेलन’ को आयोजना गरेर देशको आर्थिक अवस्थामा टेवा पु-याइरहेका महिला उद्यमीले सामना गर्नुपर्ने समस्याबारे छलफल गरेको हो । सो महानगरका प्रमुख चिरीबाबु महर्जनले देश विकासमा टेवा पु-याउने माध्यम उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीबिच छलफलपछि प्राप्त निष्कर्षलाई महानगरले कार्ययोजनाका रूपमा कार्यान्वयनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित सामग्री

शनिवार 'आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’का लागि ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीको बारेमा अर्थविद्, बैंकिङ विज्ञ तथा उद्यमीका बीचमा व्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्न बैंकले शनिवार ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ काठमाडौंमा आयोजना गर्न  लागेको हो । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा हुन लागेको ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ मा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहझागी हुने कार्यक्रम छ । कार्यत्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, वरिष्ठ बैंकर परशुराम कुँवर, भुवन दाहाल, किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जिव सुब्बा, कमनसेन्स विज्ञ सुजिव शाक्य लगायतले धारणा राख्नेछन् । कार्यक्रममा करीब ४५० जनाको उपस्थिति रहने अनुमान छ ।

‘वुमन इन डेटा’ विषयक कन्फरेन्स सम्पन्न

काठमाडौँ- सिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट र द एशिया फाउन्डेसनको सहकार्यमा राजधानीमा आयोजना गरेको डेटा कन्फरेन्स सम्पन्न भएको । शनिबार होटेल हायातमा ‘वुमन इन डेटा’ विषयमा कन्फरेन्स सम्पन्न भएको हो । कन्फरेन्समा महिला उद्यमशीलताका क्षेत्रमा सरकार, नागरिक समाज र शिक्षाको भूमिकाबारे छलफल भएको थियो । कन्फरेन्समा महिला उद्यमीका लागि डिजिटल र वित्तीय साक्षरता, […]

चेम्बरको विज्ञहरुसँग छलफल : कृषि क्षेत्र किन अगाडि बढ्न सकेन ?

नेपाल चेम्बर अफ कमर्शले नेपालको कृषि क्षेत्र अगाडि बढ्न नसक्नुको कारण खोज्न विज्ञहरुसँग छलफल गरेको छ । चेम्बरले आज एक कार्यक्रमको आयोजना गरेर कृषि मन्त्री, इजरायलका लागि पूर्व राजदूत, विज्ञहरू र कृषकसँग छलफल गरेको हो ।कार्यक्रममा इजरायलका लागि नेपालकी पूर्व राजदूत डा. अन्जान शाक्यले नेपालले कृषि क्षेत्रका विकास गर्न नसक्नुमा कानूनी झन्झट मूख्य कारण रहेको बताइन् । उनले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति र विकासको उदाहरण दिँदै सरकारले कृषकलाई उद्यमीका रूपमा विकास नगर्दासम्म यस क्षेत्रले फड्को मा

महिला उद्यमीका अनुभव आदानप्रदान

वीरगन्जमा सम्पन्न एकदिने युवा महिला उद्यमी सम्मेलनले महिला युवा उद्यमीहरु उत्साहित भएका छन् ।वीरगन्ज पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसर लगायत विविध पक्षमा बेग्लाबेग्लै सत्रमा छलफल भएका थिए । छलफलबाट सहभागीहरुले धेरै विषयमा जानकारी प्राप्त […]

वीरगञ्जमा पहिलो पटक महिला उद्यमी सम्मेलन हुँदै

कात्तिक ३, वीरगञ्ज  । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आउँदो शुक्रवार युवा महिला उद्यमी सम्मेलन गर्ने भएको छ ।   बुधवार वीरगञ्जमा आयोजित पत्रकार सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले बताएको छ । मोफसलमै पहिलो पटक वीरगञ्जमा हुन गइरहेको महिला उद्यमी सम्मेलनमा १०० भन्दा बढी उद्यमीको सहभागिता रहने एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए ।  सम्मेलनबाट महिला उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास आयोजकको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने सम्मेलन संयोजक मनीषा सुनुवारले बताइन् । ‘उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने छन्,’ सुनुवारले भनिन् ।  जनसंख्यामा आधाभन्दा बढी अंश समेटेका महिलाको सशक्तीकरणविना सापेक्ष विकास सम्भव नभएकाले आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउन आवश्यक रहेको आयोजकको भनाइ छ ।  ‘महिला उद्यमशीलता प्रवद्र्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको छ । सम्मेलनबाट उद्यमशीलतासँगै आइपर्ने चुनौतीको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ,’ अध्यक्ष अग्रवालले बताए ।  सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने छन् ।  उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने आयोजकको भनाइ छ ।  सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने छन् । उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्ने र स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु बन्न सक्ने बताइएको छ ।  सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरुमा पहल गरिने आयोजकको उद्देश्य छ । ‘यसका निम्ति रचनात्मक पहल गरिने पनि एनवाईईएफको विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा लेडिज सर्कल नेपाल (एलसीएन) को सहकार्य रहेको बताइएको छ ।

भर्चुअल एक्स्पो बजार खोजीको उपयुक्त अवसर

काठमाडौंमा भदौ १७ देखि २१ गतेसम्म ‘पाँचौंं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२१’ हुँदै छ । कोरोना महामारीका कारण प्रभावित महिला उद्यमीहरूका लागि भर्चुअल एक्स्पो बजार विस्तार र खोजीको अवसर पनि हो । यसै सन्दर्भमा एक्स्पोको तयारीबारे महासंघ अध्यक्ष रीता सिम्हासँग हिमा वि.कले गरेको कुराकानी : एक सातापछि मेला गर्दै हुनुहुन्छ । तयारी कस्तो छ ? अहिले कोभिड महामारीकै बीचमा छौं । त्यसैले यो वर्ष भर्चुअल माध्यमबाट पाँचौं  अन्तर्राष्ट्रिय महिला उद्यमी मेला आउँदो भदौ १७ गते गर्दै छौं । विगत वर्षमा भौतिक उपस्थितिमा गरिँदै आएको मेला यस वर्ष भने डिलिटल एक्स्पोका रूपमा गर्न लागिएको छ । महिला उद्यमीका लागि यो अनुभव र सिकाइ पनि हो । यसले बजारीकरणमा टेवा पुर्‍याउने अपेक्षा छ । भर्चुअल माध्यमबाट गरिने मेलाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ  ? अनलाइनबाट जान एक कम्पनीसँग सहकार्य गरेर मेलामा राखिने उत्पादनको फोटो खिच्नेदेखि अन्य काम गरिरहेका छौं । हामीले संघका सदस्यलाई अहिले १० वटा उत्पादन मात्रै पठाउन भनेका छौं । उहाँहरूले खिचेर पठाएका फोटा अहिले अपलोड गर्ने काम भइरहेका छन् । अहिले स्पोन्सर पनि आउन थालेका छन् । हालसम्म ९० प्रतिशत तयारी सकिइसकेको छ । मेलमा राखिने उत्पादन सबै अनलाइनमा हुन्छन् । त्यसमा ल्यान्डिङ पेज राख्दै एउटा फिचर स्टल र अर्काे अर्डिनरी स्टल हुन्छ । लिंकमा क्लिक गरेर भिजिट गर्न सकिन्छ । त्यसका लागि विनबिज डटकम पोर्टल कार्यान्वयनमा ल्याइनेछ । यो २०१७ मै लन्च भए पनि प्रभावकारी रूपमा काम भएको थिएन । मेला अवसर पारेर यो वेब पोर्टल प्रयोग गरिएको छ । अनलाइन बजारीकरणलाई अब निरन्तरता दिनेछौं । मेलामा सहभागी हुने महिला उद्यमी एक्स्पोमा कसरी जोडिनुहुन्छ ? महामारीले धेरै उद्यमी अहिले अनलाइनमा छौं । जिल्लाको सदस्यदेखि लिएर केन्द्रसम्म हामी भाइवर तथा अन्य माध्यमबाट जोडिरहेका छौं । जिल्ला संयोजकमार्फत यस्ता ग्रुपमार्फत जानकारी दिने र केन्द्रबाट फोटो, खिच्न पठाउने वा त्यही भएकाले पठाउने भन्ने विषयमा छलफल हुन्छ । अन्तर्राष्ट्रिय स्तरबाट सहभागी हुनेलाई भने इमेल, जुमजस्ता माध्यमबाट जानकारी गराइरहेका छौं । भर्चुअल मेला गर्दाका चुनौती र फाइदा के–के हुन् ? अहिले निषेधाज्ञाकै अवस्था भएकाले अनलाइन मार्केटिङ हाम्रा लागि अवसर हो । धेरैजसो उत्पादन राम्रो भए पनि प्याकेजिङ, लेबलिङ राम्रो हुँदैन । पेमेन्ट प्रणाली, केही गरी सामग्री फिर्ता भयो भने के गर्ने भन्नेलगायत विषयमा धेरै अभ्यास गर्नुपर्नेछ । कोभिडको डरले मानिस बाहिर निस्कन त्यति रुचाउन्नन् । अनलाइनबाट उत्पादन सप्लाइ हुने हुँदा फाइदा पनि छ । हामीले सदस्यलाई प्याकेजिङ, लेबलिङजस्ता विषयमा केही तालिम दिएका छौं । डिलिजट मार्केटिङमा जान यो मेला अवसर पनि हो । यसले प्रविधिमैत्री हुन पनि सहयोग पुगेको छ । भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट गर्दाको तयारी गर्दा कस्तो हुँदो रहेछ ? प्राविधिक रूपमा हामीलाई धेरै चुनौती भयो । भौतिक रूपमा जाँदा एक स्थानमा गएर उत्पादन राखेर प्रदर्शनी गरिन्थ्यो । तर, भर्चुअलबाट गर्दा प्रविधि विज्ञसँग भर पर्नुपर्ने भयो । यसमा फोटोग्राफर, गुणस्तरीय फोटो पनि राख्नुपर्ने भएकाले अहिले अनुभवका लागि पनि यस्तो निर्णय गरेका हौं । अहिलेको स्थितिले पनि अनलाइनमा जानैपर्ने अवस्था छ । कोभिडले गत वर्ष मेला सञ्चालन नगरे पनि अहिले गर्नुपर्ने कारण के हो ? महिला उद्यमीले आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन सकून् भनेरै मेला आयोजना गर्न लागेका हौं । यसका लागि विकल्प अनलाइन मार्केटिङलाई सदुपयोग गर्नु हो । उत्पादन प्रदर्शनीका लागि प्ल्याटफर्म दिनु हो । महिला उद्यमी तथा व्यापारीलाई न्यूनतम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागी हुने अवसर प्रदान गर्नु पनि मेलाको उद्देश्यल । उद्यमीका उत्पादनलाई प्ल्याटफर्म दिएर तिनका वस्तु विक्री मा सघाउनु पनि हो । व्यवसाय बढाउने भएकाले भर्चुअल एक्स्पो गर्नैपर्छ भन्ने निर्णयमा पुगेका हौं । निषेधाज्ञाका कारण लघु तथा मझौला उद्यम कत्तिको प्रभावित भए ? महामारीले कतिपय लघु तथा मझौला उद्यम बन्द हुने अवस्थामै पुगेका छन् । तर, अहिले व्यवसाय अलि सहज भएको छ । यो अवधिमा हामीलाई कच्चा पदार्थ उपलब्ध नहुँदा बढी समस्या भयो । कच्चा पदार्थ सहज भइदिए महिलाहरू घरमै बसेर काम गर्न सक्थे । कच्चा पदार्थका लागि बाहिरकै भर पर्नुपर्ने अवस्था छ । सरकारी नीति राम्रा भए पनि कार्यान्वयनमा समस्या भएकाले प्रभावकारी बनाइनुपर्छ । स्वदेशी तथा विदेशी उद्यमीका लागि स्टलको मूल्य कति–कति तोक्नुभएको छ ? महासंघका सदस्य महिला उद्यमीका लागि ५ हजार रुपैयाँ तोकिएको छ भने अन्य स्टलका लागि ७ हजार तोकिएको छ । विदेशबाट सहभागी हुनेहरूका लागि भने १५० डलर तोकिएको छ । १ सय स्टलले सहभागिता जनाउने भएकामा हालसम्म ७० वटा बुक भइसकेका छन् । एक्स्पोमा कस्ता उत्पादन राख्दै हुनुहुन्छ ? मेलामा कृषिजन्य, ह्यान्डिक्राफ्ट, सर्भिस भनेर क्षेत्र छुट्याइएको छ । एग्री बिजनेसमा मह, फुड, टेक्सटायल, नेचुरल हर्बल, बुटिक, गार्मेटलगायत वस्तु राखिनेछ । भर्चुअल एक्स्पोमा कुन–कुन देशबाट सहभागिता हुँदै छ ? अहिले नै कन्फर्म भइसकेको छैन । तर, भारत, बंगलादेश, कम्बोडिया, श्रीलंकाबाट चासो देखिएको छ । स्टलको मूल्य बढी भयो भन्ने उनीहरूको आशय छ । यस विषयमा कुराकानी भइरहेको छ ।