शनिवार 'आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘इन्हान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’का लागि ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीको बारेमा अर्थविद्, बैंकिङ विज्ञ तथा उद्यमीका बीचमा व्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्न बैंकले शनिवार ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ काठमाडौंमा आयोजना गर्न  लागेको हो । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यमा हुन लागेको ‘आरबीबीएल म्यानेजमेण्ट कन्फेरेन्स २०२४’ मा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहझागी हुने कार्यक्रम छ । कार्यत्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, वरिष्ठ बैंकर परशुराम कुँवर, भुवन दाहाल, किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जिव सुब्बा, कमनसेन्स विज्ञ सुजिव शाक्य लगायतले धारणा राख्नेछन् । कार्यक्रममा करीब ४५० जनाको उपस्थिति रहने अनुमान छ ।

सम्बन्धित सामग्री

नर्भिकमा प्रत्येक शनिवार यूरोलोजी टिमको निःशुल्क ओपिडी

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिवार(मंसिर १० गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म दुई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो । शनिवारको निःशुल्क ओपिडी सेवालाई नर्भिकले पछिल्लो समय पनि निरन्तरता दिएको छ ।र्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । सर्वसाधारणबाट माग आएपछि प्रत्येक शनिवारको अभियान जारी राखिएको अस्पतालले जनाएको छ । आउने शनिवा

प्रतिनिधिसभाबाट तीन विधेयक पारित, शनिवार अन्तिम बैठक

प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले  पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो । सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । शनिवार बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हो ।  शनिवार मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिन लागेकाले सो बैठक अन्तिम हुने भएको हो ।

यस्तो छ शनिवार दिनभरको मौसम

काठमाडौं : देशका विभिन्न स्थानमा शनिवार बिहानैबाट वर्षा भइरहेको छ। जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। 'देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका थोरै…

शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

काठमाडौं : शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा झड्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो। भक्तपुर केन्द्रविन्दु भएकाले काठमाडौं उपत्यकामा भूकम्प बढी नै शक्तिशाली अनुभव भएको थियो। २७.७ ल्याटिच्युड र ८५.४१ लङ्गिच्युडमा ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प…

शनिवार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार (वैशाख १७ गते, भोलि) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार बिहान ९ बजेदेखि १०: ३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । नर्भिकले चैत महिनाभर पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि पुनः आउने शनिवार पनि यूरोलोजीकै निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने निर्णय गरिएक

शनिवार दिनभर संगीतमय बन्यो कीर्तिपुर

काठमाडौं : शनिवार दिनभर कीर्तिपुर संगीतमय बन्यो। संगीतको महोत्सव 'इकोज इन द भ्याली' अन्तर्गत कीर्तिपुरका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सहभागी हुन सयौं मानिस कीर्तिपुर नगरपालिका पुगेका थिए। शनिवार बिहान कीर्तिपुरको सम्पदा भ्रमणबाट सुरु भएको महोत्सव राति जोशी ननिमा 'नेवा: भोज'सँगै सम्पन्न भएको हो। बिहान चिलान्चोमा सांगीतिक परेड आयोजना गरिएको…

नर्भिकमा शनिवार यूरोलोजीको फ्री ओपिडी संचालन हुने

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ।

शनिवार कुन राशिले के गर्ने ? के नगर्ने ?

शनिवार जीवनमा सतर्क रहन आवश्यक हुन्छ । यस दिन चाँडै सफलता पाउन अनुचित काम गर्नबाट बच्न, कसैलाई अति भरोसा गर्नबाट पनि बच्नु पर्दछ । यस दिन राशि अनुसार केही काम गर्नु पर्दछ भने केही काम गर्नबाट बच्नु पर्दछ । मेष राशि यस राशिका जातकले शनिवार आफ्नो कुरा राख्न पाउने अवसर पाउनेछन् । यस दिन आवश्यकता […]

नर्भिकले हरेक शनिवार निःशुल्क ओपिडी सेवा दिने

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रकाअनुसार आउने शनिवारदेखि नै यो अभियानको थालनी हुनेछ । प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज […]

नर्भिकले हरेक शनिवार निःशुल्क ओपिडी सेवा दिने

नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिवारदेखि नै यो अभियानको थालनी हुनेछ । प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपिडी प्रमुख क्षितिज उप्रेतीलाई सम्पर्क गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्न...