ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले आफैं सरकारी ऋणपत्र (ट्रेजरी बिल) खरिद गर्न थालेको छ । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर माग गर्न थालेपछि डेढ महिनायता राष्ट्र बैंक आफैंले कम ब्याजदरमा धमाधम ट्रेजरी बिल खरिद गर्न थालेको हो । जसअनुसार गत साउन १० यता राष्ट्र बैंकले ३७ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ ।