बजारबाट आज २२ अर्ब उठाउदै राष्ट्र बैंक, तरलतामा थप चाप पर्ने चिन्ता

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले आज सोमबार सरकारका लागि २२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो ।बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने  गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनका लागि, ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनको लागि,  ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि, र  ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि  बिक्री गर्न लागिएको हो  ।३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बाहेक अरु सबै ट्रेजरी बिल यस अघि नै बिक्रि गरिएको बिलका नवीकरण हो। ३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने नयाँ हो । २८ दिन अवधिको बिल २०७९ साल बैशाख १३ गते, ९१ दिनको ट्रेजरी बिल २०७९ साल असार १४ गते, १८२ दिन अवधिको ट्रेजरी बिल २०७९ साल असोज ११ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०७९ साल चैत्र १४ गते  परिपक्व हुने छ । राष्ट्र बैंकले यसअघि गत चैत्र ७ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।   बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । आन्तरिक ऋण उठाउने तालिकानेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजनिक गर्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएँन भने दोस्रो त्रैमासमा ६ अर्ब मात्र आन्तरिक ऋण उठाएको थियो । अब भने राष्ट्र बैंकले बाँकि २ त्रैमासमा गरि २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले  ल्याएको बजेटमा  २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरिएकोमा अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक ऋणको लक्ष्य घटाएर २ खर्ब ३९ अर्ब रुपैयाँ कायम गरेका हुन् ।राष्ट्र बैंकले नेपाल सरकारको लागि स्रोत जुटाउन आन्तरिक ऋणपत्र निष्काशन गर्ने गर्दछ । तर यस वर्ष तरलता अभाव भएकै कारण राष्ट्र बैंकले हालसम्म ठूलो मात्रमा आन्तरिक ऋण उठाएको थिएँन् । ठूलो रकममा आन्तरिक ऋण उठाउने भएपछि तरलताको समस्या बढ्न सक्ने विश्लेषकहरु बताउछन् । 

सम्बन्धित सामग्री

अर्थ मन्त्रालय र राष्ट्र बैंक प्रतिस्पर्धी होइन : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक प्रतिस्पर्धी नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा भएको म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक...

राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्छ : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्ने बताएका छन्। राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगकोे सहकार्यमा आयोजना गरेको आर्थिक पत्रकारका लागि...

६८औँ वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज ६८औँ वार्षिकोत्सव मनाउँदै छ । १४ वैशाख २०१३ मा राष्ट्र बैंक स्थापना भएको थियो ।

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम

मेलम्चीमा ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत आइतबार मेलम्चीको इन्द्रेश्वरी मावीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले यो कार्यक्रम...

राष्ट्र बैंक अगाडि व्यापारीको धर्ना

नेपालगञ्ज – नेपालगञ्जका व्यापारीले राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा व्यापारीले राष्ट्र बैंक अगाडि एक घण्टा धर्ना दिएका हुन् । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले […]

राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको द्वन्द्वले पर्ने असर

सरकारले आफ्नो आर्थिक नीतिले डो-याउनुपर्ने अर्थतन्त्र मौद्रिक नीतिको भरमा छोडिदिँदा यसबाट अझै अर्थतन्त्रमा परेको दबाब घट्न सकेको छैन । नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । तर, पछिल्ला समय राष्ट्र बैंक तथा अर्थमन्त्रालयबीच देखिएको द्वन्द्वले सरकारको अर्थतन्त्रप्रतिको दृष्टिकोण पनि उजागर गरेको छ । अर्थमन्त्रालयले राष्ट्र बैंक चलाउन खोज्ने अनि राष्ट्र बैंकले आर्थिक नीति […]

सहकारीको अनुगमन गर्दै नेपाल राष्ट्र बैंक

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ ।प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै स

सहकारीको अनुगमनमा राष्ट्र बैंक

काठमाडौं, माघ ९ । ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार […]

समस्याग्रस्त सहकारीको अनुगमन गर्दै राष्ट्र बैंक

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै सडकमा आन्दोलनसमेत गर्न था...

अर्थसचिवद्धारा राष्ट्र बैंक सञ्चालकको पद तथा गोपनीयताका शपथ

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष न्यायाधीश केसीले सचिव मरासिनीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ […]