बैंकहरूले जथाभावी ब्याजदर बोलकबोल गरेपछि राष्ट्र बैंक आफैंले किन्यो ट्रेजरी बिल

१७ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ । केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो । बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गर्दा […]

सम्बन्धित सामग्री

४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी असोज ६ गते ४० अर्बको ट्रेजरी बिल सोझै खरिद बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले नेपाल सरकारको ट्रेजरी बिल्स बापतको उक्त बिल बिहीबार सोझै बोलकबोल गर्ने भएको हो । असोज ७ गते शुक्रबार बिक्री हुने बिलका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ । आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट जारी हुने बिलका लागि कटअफ रेटका आधारमा ब्याजदर प्रदान गरिने समेत बैंकले जनाएको छ । इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ५ करोडदेखि अधिकतम ५ करोडले भाग ग

साउन यता राष्ट्र बैंकले खरिद गर्‍यो करिब ४२ अर्बको ट्रेजरी बिल

३ असोज, काठमाडौं । चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ […]

ब्याजदर घटाउन आफैं ट्रेजरी बिल किन्दै राष्ट्र बैंक

ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले आफैं सरकारी ऋणपत्र (ट्रेजरी बिल) खरिद गर्न थालेको छ । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर माग गर्न थालेपछि डेढ महिनायता राष्ट्र बैंक आफैंले कम ब्याजदरमा धमाधम ट्रेजरी बिल खरिद गर्न थालेको हो । जसअनुसार गत साउन १० यता राष्ट्र बैंकले ३७ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरिसकेको छ ।

फेरि राष्ट्र बैंक ट्रेजरी बिल आफैले खरिद गर्यो

नेपाल राष्ट्र बैंकले फेरि ट्रेजरी बिल आफैले खरिद गरेको छ । बजारको ब्याजदर नियन्त्रणमा राख्ने भन्दै बैंकले लगातार चौथो पटक पनि आफैले ट्रेजरी राखेको हो । बैंकले पछिल्लो पटक बोलकबोल गरेको १२ खर्ब २३ करोड ३२ लाख ट्रेजरी बिलमा समेत ४ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ नवीकरण गरेर बाँकी रहेको ७ अर्ब ३५ करोड रुपैयाँ बैंकले आफैले खरिद गरेको छ । बजारको ब्याजदर बढ्न नदिने बैंकले आफैले ट्रेजरी खरिद गरेको हो । यसअघि बैंकले १६ साउनमा २३ साउन र ३० साउनमा पनि नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिल राष्ट्र

ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले लगातार चौथो पटक पनि ट्रेजरी बिल आफैंले खरिद गरेको छ ।

राष्ट्र बैंकले फेरि आफैं खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

२४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले […]

सोमबार बजारबाट ७ अर्ब १० करोड उठाउदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्ब बढी आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले साउन २३ गते सोमबार ७ अर्ब १० करोड ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो ।राष्ट्र बैंकले ९१ दिन अवधिको ७ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यो पुरानो ट्रेजरी बिलको नवीकरण हो।  राष्ट्र बैंकले यस अघि जारी गरिएको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो  ।सोमबारको बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक ब्याज कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बंैकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत समय समयमा यस्ता ऋणपत्र बिक्री गर्दछ। राष्ट्र बैंकले यस अघि साउन १६  गते १० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गरेको थियो । त्यस दिन बैंक तथा वित्तीय संस्थाले बढी ब्याज कबुल गरेपछि राष्ट्र बैंकले अधिकांश रकमको ट्रेजरी बिल आफै खरिद गरेको थियो । ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले यसो गरेको हो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

सरकारका लागि १५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सरकारका लागि आज १५ अर्ब बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले असार १४  गते १५ अर्बको ५ वर्षे विकास ऋणपत्र २०८४ 'ज' बोलकबोल गर्न लागेको हो ।१४ गते बोलकबोल सकेर १५  गते ऋणपत्र निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको अनलाईन विडिंग सिस्टम सफ्टवेयर मार्फत ऋणपत्र बोलकबोल हुने छ । यसको ब्याजदर पनि बोलकबोल कै माध्यमबाट निर्धारण हुने छ । उक्त ऋणपत्रको बोलकबोलमा बैंक त्तहा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरु ले भाग लिन सक्ने छन् । राष्ट्र बैंकले यस अघि असार ७ गते पनि १५ अर्बको ५ वर्षे विकास ऋणपत्र २०८४  'छ' बोलकबोल गरेको थियो । विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (NEPSE) मार्फत मात्र हुने व्यवस्था रहेको छ ।सरकारी ऋणपत्र बजारयोग्य उपकरण हो जसमा लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागिसरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ । नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन् । ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन् ।

बजारबाट आज २२ अर्ब उठाउदै राष्ट्र बैंक, तरलतामा थप चाप पर्ने चिन्ता

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले आज सोमबार सरकारका लागि २२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो ।बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने  गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २८ दिनका लागि, ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनको लागि,  ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल १८२ दिनका लागि, र  ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि  बिक्री गर्न लागिएको हो  ।३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बाहेक अरु सबै ट्रेजरी बिल यस अघि नै बिक्रि गरिएको बिलका नवीकरण हो। ३६४ दिनको लागि बिक्रि गर्न लागिएको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने नयाँ हो । २८ दिन अवधिको बिल २०७९ साल बैशाख १३ गते, ९१ दिनको ट्रेजरी बिल २०७९ साल असार १४ गते, १८२ दिन अवधिको ट्रेजरी बिल २०७९ साल असोज ११ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०७९ साल चैत्र १४ गते  परिपक्व हुने छ । राष्ट्र बैंकले यसअघि गत चैत्र ७ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।   बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । आन्तरिक ऋण उठाउने तालिकानेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजनिक गर्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएँन भने दोस्रो त्रैमासमा ६ अर्ब मात्र आन्तरिक ऋण उठाएको थियो । अब भने राष्ट्र बैंकले बाँकि २ त्रैमासमा गरि २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कुल २ खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले  ल्याएको बजेटमा  २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरिएकोमा अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक ऋणको लक्ष्य घटाएर २ खर्ब ३९ अर्ब रुपैयाँ कायम गरेका हुन् ।राष्ट्र बैंकले नेपाल सरकारको लागि स्रोत जुटाउन आन्तरिक ऋणपत्र निष्काशन गर्ने गर्दछ । तर यस वर्ष तरलता अभाव भएकै कारण राष्ट्र बैंकले हालसम्म ठूलो मात्रमा आन्तरिक ऋण उठाएको थिएँन् । ठूलो रकममा आन्तरिक ऋण उठाउने भएपछि तरलताको समस्या बढ्न सक्ने विश्लेषकहरु बताउछन् ।

सरकारका लागि १२ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सोमबार सरकारका लागि १२ अर्ब १० करोड बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले सोमबार १२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेर सरकारको लागि आन्तरिक ऋण उठाउन लागेको हो । बोलकबोल प्रक्रिया मार्फत ब्याजदर तय गर्ने  गरि ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि र ३ अर्ब बराबरको ट्रेजरी बिल १८२ दिनको लागि  बिक्री गर्न लागिएको हो  । ९१ दिन अवधिको बिल आगामी पुस १३ गते परिपक्व हुने छ भने १८२ दिनको बिल आगामी चैत्र १५ गते परिपक्व हुने छ । राष्ट्र बैंकले यसअघि गत असोज ४ गते ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।के हो ट्रेजरी बिल ?ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।   बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।