विद्युतीय बस चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध

मकवानपुर । वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौँ उपत्यकालगायत सात स्थानमा जग्गा उपलब्ध गराएको छ । यसैगरी धादिङको गजुरी गाउँपालिकाको बेलटार, काभ्रेको धुलिखेल र सिन्धुलीको बसपार्कमा जग्गा उपलब्ध गराउन कानूनी प्रक्रिया पूरा भइसकेको बोर्डका कार्यकारी निर्देशक जगदिशप्रसाद ढुङ्गानाले जानकारी दिए । आगामी भदौ मसान्तभित्रमा काठमाडौँलगायत छ वटा बसपार्कमा विद्युत् चार्जिङ स्टेशन […]

सम्बन्धित सामग्री

सुन्दरको विद्युतीय सवारी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि टेन्डर आह्वान

काठमाडौं (अस) । बुटवलको सैनामैना नगरपालिकासँग जग्गा लिजमा लिई नेपालमै विद्युतीय गाडी एसेम्बिलिङको तयारी गरिरहेको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्लान्टका लागि आवश्यक भवनसहित सबै संरचना निर्माणका लागि टेन्डर आ≈वान गरेको छ । सुन्दरले प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट ८ बिगाहा १० कट्ठा जग्गा भाडामा लिएको छ । जग्गा उपलब्धताका लागि कम्पनीले निवेदन दिएकोमा नगरपालिकाले गत असार १६ गतेको नगरसभाबाट सुन्दरलाई प्लान्ट स्थापनाका लागि नगरपालिकाभित्रको सरकारी जग्गा भाडामा दिने निर्णय गरेको थियो । कम्पनीले आगामी १० सेप्टेम्बरसम्म टेन्डर हाल्ने समायवधि तोकेको छ । उक्त अवधिभित्र निर्माण क्षेत्रमा संलग्न जुनसुकै कम्पनीले टेन्डर हाल्न सक्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको कम्पनीले आगामी १ वर्षभित्र एसेम्बिलिङ प्लान्ट स्थापना गरी त्यसको एक वर्षभित्र नेपालमै एसेम्बिलिङ गरिएका गाडी सार्वजनिक गर्ने लक्ष्य लिएको छ । कम्पनीले २०७६ मंसिरमा चीनको सिचुआन गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपसँग लगानीका लागि सहमति गरेको थियो । तर, कोभिड महामारीका कारण काम अघि बढ्न नसकेको कम्पनीको भनाइ छ । यी दुई कम्पनीबीच लगानीका लागि सम्झौता भइसकेको बताउँदै कम्पनीका अध्यक्ष थापाले करीब रू. ३ अर्ब ६० करोड शुरुआती लगानीसहित एसेम्बलिङ प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । नेपालको तर्फबाट कम्पनीको लगानी भने एकदमै न्यून रहनेछ । सुन्दर भगिनी संस्थाका रूपमा रहने भए पनि उद्योगमा सिचुआनको ४७ र सेकको ४६ प्रतिशत लगानी रहनेछ । कम्पनीका अध्यक्ष थापाले सुन्दरको तर्फबाट प्लान्टमा केबल ७ प्रतिशत लगानी रहने जानकारी दिए । कम्पनीले पहिलो वर्ष १ सयओटा गाडी एसेम्बल गर्ने तयारी गरेकोमा त्यसपछि लगानी थप्दै दोस्रो वर्ष ३ सय र तेस्रो वर्ष वार्षिक १ हजार गाडी एसेम्बल गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष थापाले बताए । नगरपालिकाले वार्षिक ६ लाख भाडामा कम्पनीलाई नगरपालिकाभित्रको खाली सरकारी जग्गा उपलब्ध गराएको हो । यसबाहेक पहिलो वर्ष एम्बुलेन्स, दोस्रो वर्ष फोहोर बोक्ने गाडी र हरेक वर्ष स्थानीय एक सामुदायिक विद्यालयलाई ३३ प्रतिशत छूटमा बस उपलब्ध गराउने सम्झौता नगरपालिकाले कम्पनीसँग गरेको छ ।

नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्नेे योजनामा प्रमको चासो

काठमाडौं । नेपालमै विद्युतीय बस एसेम्बलिङ गर्ने योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले गत साता सुन्दर यातायात प्रालिका पदाधिकारीलाई भेटेर उक्त कम्पनीको एसेम्बलिङ उद्योगको तयारीबारे बुझ्नु भएको हो । कम्पनीले हाल काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको छ । सुन्दर यातायातले २०७६ मङ्सिरमा चिनियाँ कम्पनी बीएकेसँगको संयुक्त लगानीमा बुटवल औद्योगिक क्षेत्रमा बस एसेम्बलिङ उद्योग खोल्ने बताएको थियो । कम्पनीले नेपालमै विद्युतीय बस एसेम्बलिङ गरेर बंगलादेशमा निर्यात गर्ने योजना बनाएको थियो । यद्यपि, त्यसयता उसले आफ्नो बस विक्रेता कम्पनी बीएकेसँग यस विषयमा छलफल गरे पनि काम अघि बढ्न सकेको थिएन । उद्योग स्थापनाको प्रक्रियाबारे प्रधानमन्त्रीले बुझ्नुभएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्रीले राखेको चासोमा आफूले जग्गाको टुंगो लागेमा (कोरोनाले प्रभाव नपारे) आगामी साउनदेखि नै एसेम्बिलिङ उद्योग स्थापनाको काम अघि बढाउने बताएको उनको भनाइ छ । ‘बीएकेले बारम्बार ताकेता गरिरहेको छ, जग्गा उपलब्ध भएर अवस्था सामान्य भए साउनदेखि उद्योग स्थापनाको काम शुरू गर्ने बताएका छौं,’ उनले भने । अध्यक्ष थापाले पाटर््स आयातमा पूर्ण भन्सार छूट दिनुपर्ने, विद्युत् व्यवस्थापन गरिदिनुपर्ने लगायत माग प्रधानमन्त्रीसामु राखिएको बताए । रू. ३ अर्ब लगानीमा स्थापना गरिने उद्योगमा वार्षिक ३ सयदेखि ५ सय बससहित जीप, कार लगायत विद्युतीय सवारी एसेम्बलिङ गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । हाल कम्पनीले काठमाडौंमा चारओटा विद्युतीय बस सञ्चालन गरिरहेको छ ।