नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन भएको टिप्पणी गरेका छन् ।
शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै सचिव विष्टले सत्ता गठबन्धन संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको बताएका हुन् ।
निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा ...