नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता स्थानीय तहको चुनाव पछिमात्र संसदमा प्रवेश पाउने संकेत गरेका छन् ।
एमसीसीमा रहेका कतिपय प्रावधान संशोधन गर्नुपर्ने पार्टीको अडान यथावत रहेको उनले दोहोर्याए ।
माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी बैठकलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कतिपय प्रावधान परिमार्जन गर्नुपर्नेमा आफूहरू दृढ रहेको बताएका हुन् । उनले एमसीसी अनुमोदन स्थानीय तहको चुनावपछि संसदमा प्रवेश प...