सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे विस्तृतमा छलफल भएको छ ।
बैठकमा सभामुख सापकोटाले एमसीसी अघि बढाउन सहयोग गर्ने संकेत गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा एमसीसीबारे विस्तृतमा छलफल भएको नेपाली कांग्रेसकी सचेत पुष्पा भुसालले बताइन् । ‘एमसीसीबारे सबै कोणबाट दलका प्रतिनिधिहरूले कुरा राख्नुभएको छ । एमसीसीबारे विस्तृतमा छलफल भयो,’ उनले भनिन्, ‘एमसीसी बाहिरभन्दा पनि सदनको छलफलको विषय बन्नुपर्छ । सदनभित्रै...