काठमाडौं, १० मंसिर । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले दलहरुकै कारण अराजकता र जनतामा नैराश्यकता बढेको टिप्पणी गरेका छन् । नेकपा एमालेको १०औं महाधिवेशनमा स्वागत मन्तव्य दिदै उनले दलहरु सुध्रनुपर्ने बताए । ‘संसदमा अस्तव्यस्तता हामीले गरेका हौं भन्नुपर्यो,’ केसीले एमालेतर्फ संकेत गर्दै भने,‘नेपाली जनतासामु इमान्दारपूर्वक स्वीकार्नुपर्छ, दलहरु सुध्रिनुपर्छ ।’ उनले दलहरु एकले अर्कालाई दोष देखाइरहेको […]