नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले शुक्रबारको गठबन्धन बैठकमा सहभागी हुने–नहुने बारे अहिले नै निश्चित नभएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज एमसीसीको बारेको अन्तिम निर्णयको लागि बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । नेताहरुले शुक्रबार विहान १० बजे फेरि बैठक बस्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने शुक्रबारको बैठकमा सहभागिता बारे बिहान परामर्श गरेर निर्णय गर्ने बताएका छन् ।
तर, खनालले एमसीसी संसदमा पेश हुनसक्ने संकेत गरेका छन् । ‘एमसीसी सं...