काठमाडौं। मानवअधिकार एलाइन्सले संसदमा अपराधिक अभिव्यक्ति दिने नेपाली कांग्रेसका सांसद नरोत्तम बैद्यलाई कार्वाही गर्न माग गरेको छ। एलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ,“प्रदेशसभाको बैठकमा औपचारिक मन्तव्य दिनेक्रममा मुलुकको प्रधानमन्त्रीको हत्या गर्न आह्वान गर्नु र आफैंसमेत तयार रहेको अभिव्यक्ति दिनुले गम्भीर परिस्थितिको आंकलन गर्न सकिने संकेत प्रकट गरेको छ। यसबाट लोकतन्त्रका आधारभूत मूल्यमान्यता र पद्धतिहरुमाथि समेत प्रहार भएको छ।”