विश्वका जुनसुकै देशमा खतरनाक भेरियन्ट देखिएपछि हरेक देशको हरेक व्यक्ति जोखिममा रहने नै भयो । हाम्रो देश नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसैले बेलैमा उच्च सतर्कता अपनाउन विज्ञहरू तथा विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च सतर्कता अपनाउन भनिसकेको छ ।