प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै मुलुक हवाई उडानमा नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दै उनले यो विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने बताए ।सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको उल्लेख गरे । नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेले विमानस्थल सञ्चालनले मुलुकक