पोखराबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे छलफल

१० जेठ, काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सम्भाव्यताबारे जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेको छ । कम्पनीका अनुसार पोखराबाट कुन जहाज कुन गन्तब्यमा उपयुक्त हुन्छ भन्नेबारे एयरबसले सुझाव दिएको छ । बुद्ध एयरका अनुसार कम्पनीले पोखराबाट भारतका विभिन्न शहर र अन्य देशमा उडानको तयारी गरिरहेको छ । कम्पनीले लामो दुरीको […]

सम्बन्धित सामग्री

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल : दशैंसम्ममा दैनिक १० उडानको लक्ष्य

काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतम बुद्धबाट आउँदो दशैंसम्ममा दैनिक १० ओटा उडान गर्ने लक्ष्य राखिएको छ । जेठ २ गते व्यावसायिक उडानको उद्घाटन गर्ने तयारी रहेको यो विमानस्थलमा विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीले चासो देखाएसँगै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले यस्तो लक्ष्य अघि सारेको हो ।  आयोजनाका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग भैरहवास्थित विमानस्थल कार्यालयमा छलफल भएको जानकारी दिए । उनीहरूले देखाएको सक्रियता र चासोले गर्दा दशैंअघि नै यो विमानस्थलबाट दैनिक १० उडान गर्ने लक्ष्य राखिएको उनले बताए । यो विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडानका लागि कुवेतको वायुसेवा कम्पनी जजिराले अनुमति पाइसकेको छ । यो एयरलाइन्सले साताको सोमवार, बुधवार र शुक्रवार नियमित उडान गर्ने गरी अनुमति पाइसकेको छ । जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रूपमा व्यावसायिक उडान उद्घाटन गर्ने कार्यक्रम छ । ‘सोही दिन विहान जजिराको जहाज १७० यात्रु बोकेर विमानस्थलमा अवतरण गर्नेछ,’ दाहालले भने, ‘कुवेतमा नेपालीको संख्या कम भए पनि त्यहाँ अमेरिका, क्यानडा लगायत देशको ट्रान्जिट रूट पर्ने भएकाले यात्रुको समस्या हुँदैन ।’ यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान प्रारम्भिक चरणमै रहेकाले जजिराबाहेक अन्य वायुसेवा कम्पनी पनि आउने तयारीमा रहेको उनको भनाइ छ । उनका अनुसार थाइल्यान्डको एरो थाई, भियतनाम, कम्बोडियाका साथै मलेशिया, फ्लाई दुबई, एयर चाइना र एयर इन्डियाका अधिकारीहरुसँग पनि छलफल भएको छ । स्वदेशी कम्पनी नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सका अधिकारीसँग पनि छलफल भएको उनले बताए । उक्त विमानस्थलमा अहिले भन्सार, अध्यागमन र बैंकका शाखा स्थापना भइसकेका छन् । ‘व्यावसायिक उडानका लागि हामी २ गतेको प्रतीक्षामा छौं,’ दाहालले भने, ‘आन्तरिक कनेक्टिभिटीलाई पनि उत्तिकै प्राथमिकतामा राखिनेछ ।’ निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरासमेतलाई आधार बनाएर उडान गर्दै आए पनि अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नै आन्तरिक र बाह्य उडानको आधारको रुपमा छ । विमानस्थलले एरोड्रम प्रमाणपत्र पनि पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने यो प्रमाणपत्रले अन्तरराष्ट्रिय उडानका लागि थप सहयोग गर्नेछ । यो विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक गन्तव्यहरू पोखरा, सुर्खेत, धनगढी जस्ता क्षेत्रको उडान प्राथमिकतामा राखिएको उनले बताए । बुद्ध सर्किट, खाडी मुलुक जाने बहुसंख्यक नेपालीहरू यो विमानस्थलबाट जाने र लुम्बिनी प्रदेश, गण्डकी, कर्णालीलाई पनि लक्ष्य गरिने उनको भनाइ छ ।  गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गत फागुनमा क्यालिब्रेशन उडान गरिएको थियो । परीक्षण उडान वैशाखमा गरिएको थियो । २०७१ सालमा निर्माण शुरू भएको यो विमानस्थल ७ वर्षमै सम्पन्न भएर सञ्चालनमा आउँदै छ । जेठ २ गते नै लुम्बिनी विकास कोषको ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ पनि उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त हलको उद्घाटन गर्ने कार्यक्रम छ । बुद्ध जयन्तीको अवसर पारेर मोदी लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ । मोदी आउने भएपछि बुधवार नै भारतीय सेनाको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको दाहालले जानकारी दिए ।

उडानको पर्खाइमा लामीडाँडा विमानस्थल

खोटाङ-‘लामीडाँडा विमानस्थल सञ्चालन नहुँदा जिल्लाबासी तथा हलेसी आउने पर्यटकलाई ठूलो समस्या छ । यसलाई नियमित गराउन सम्बन्धित निकायसँग छलफल गरिरहेको छु । अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकप्टर मगाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।’ यो भनाइ हो खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको । २०७६ साल ३ असारमा खोटाङको सबैभन्दा […]

महामारीको समयमा भएको चार्टर्ड उडानको बक्यौता उठाउन ताकेता

काठमाडौँ – संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणको बक्यौता रकम उठाउने कार्य योजना पेश गर्न निर्देशन दिएको छ। समितिका सदस्य दिव्यमणि राजभण्डारीको संयोजकत्वमा गठित ‘नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमिति’ले निगमका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलगायतका पदाधिकारीहरुसँग छलफल गरेर निर्देशन दिएको हो। गत वर्ष माघ १० गतेसम्मको आँकडाअनुसार निगमले स्वदेशी तथा […]

२५ प्रतिशतमात्र आन्तरिक उडानको तयारी

सरकारले तत्काल सीमित संख्यामा मात्र आन्तरिक उडान गर्ने तयारी गरेको छ । लकडाउनअघि भएको कुल उडानको २५ प्रतिशतमात्र उडान गर्ने तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने, “हाललाई २५ प्रतिशत उडान गर्ने गरी तयारी भएको छ । सोहीअनुसार नेपाल नागरिक उड्यडन प्राधिकरणले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ ।” […]

सरकार अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने निश्कर्षमा

सरकारले अब अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने भएको छ। नेपाल सरकारका उपप्रधानमन्त्री परराष्ट्रमन्त्री, पर्यटनमन्त्री र श्रममन्त्रीका बीचमा बिहीबार भएको छलफल यो निश्कर्षमा पुगेको पर्यटनान्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन्।

श्रम गन्तव्यमा दोश्रो पटक भाडा दर पुनरावलोकन

सरकारले विदेशमा रहेका नागरिकलाई ल्याउन तयार पारेको चार्टर उडानको भाडादर दोश्रो पटक घटाएको छ । संस्कृति पर्यटन उड्डयन मन्त्री योगेश भट्टराई, सचिव, मन्त्रालयका पदाधिकारी, नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेर हाल तोकिएको भाडादर कम गर्न प्रस्ताव गरेको थियो ।

३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने तयारी, उडान तालिका सार्वजानिक

विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ ।

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १ सय ४१ बुँदे कार्ययोजना सावर्जनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले चालू आर्थिक वर्षभित्र मन्त्रालय मातहतका निकायले गर्नुपर्ने कार्यसम्पादनको सूची सार्वजनिक गरेका हुन् । ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवार्ई भाडामा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याउने मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ स्कुल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना मन्त्री भट्टराईले सार्वजनिक गरेका छन् ।

नेपाली जहाजलाई चीन उड्न किन रोक ? निगम भन्छ – शांघाई उडानको तयारी गर्दैछौँ

काठमाडौं – नेपाल वायुसेवा निगमले लामो दूरीमा उडान गर्ने भन्दै दुईवटा नयाँ वाइड बडी जहाज ल्याएको छ । निगमको लक्ष्य जापान, दक्षिण कोरिया र साउदी अरबमा वाइड बडी विमानमार्फत उडान गर्ने हो । तर जापान र कोरियाले नेपाल वायुसेवा निगमका जहाजलाई तत्कालै उडान अनुमति नदिने संकेत मिलेपछि निगम चीनमा जहाज उडाउन छलफल...