शिवम् सिमेन्ट्सको नाफा करीब २३ % घट्यो, कारण यस्तो छ

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ३२ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ४२ करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २२ दशमलव ९९ प्रतिशत कम खुद नाफा गरेको हो ।  यस वर्ष कम्पनीको कुल आम्दानी साढे २० प्रतिशत कम भएकाले खुद नाफा घटेको हो । गत वर्ष रू. ४ अर्ब ६१ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ अर्ब ३३ करोडभन्दा बढी कुल खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ अर्ब ७० करोडभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १४ दशमलव ९६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २०६ दशमलव ८५ रहेको छ । वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

आम्दानी घटेसँगै उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा प्रभावित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका ८ कम्पनीले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार चार कम्पनी नाफामा छन् भने चार कम्पनी नै घाटामा छन् । युनिलिभर नेपाल, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स र नेपाल ल्यूव आयल लिमिटेड नाफामा रहेका छन् भने बोटलर्स नेपाल (तराई), सोनापुर मिनरल्स् एण्ड आयल, बोटलर्स नेपाल (बालाजु) र घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड घाटामा रहेका हुन् । यी आठ कम्पनीको आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ११ दशमलव ४५ प्रतिशतले घटेको छ । गत आवमा यी आठ कम्पनीको सञ्चालन आम्दानी कुल रू. २० अर्ब ८५ करोड रहेकोमा चालू आवमा घटेर रू. १८ अर्ब ४७ करोडमा झरेको हो ।  उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास, उत्पादन लागतमा वृद्धि, माग तथा खपतमा गिरावट लगायतका कारणले समग्र व्यापार व्यवसायमा संकुचन भएका कारण उत्पादन क्षेत्रका कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । युनिलिभर नेपालले चालूू आवको दोस्रो त्रैमाससम्ममा रू. ४२ करोड १० लाख नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म  रू. ५५ करोड २५ लाख नाफा कमाएको थियो । कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा २३ दशमलव ८० प्रतिशतले घटेको हो ।  त्यस्तै दोस्रोमा हिमालयन डिष्टिलरीको नाफा पनि गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा ४४ दशमलव ३८ प्रतिशत घटेकोे छ । गत आवमा कम्पनीले रू. २९ करोड ४२ लाख नाफा कमाएकोमा चालू आवमा रू. १६ करोड ३६ लाखमा सीमित भएको हो । शिवम् सिमेन्ट्सले पनि गत आवमा रू. ४५ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १४ करोड ८५ लाखमा झरेको छ । नेपाल ल्यूव आयल भने गत वर्ष रू. १० लाख २ हजार घाटामा रहेकोमा चालू आवमा रू. ७८ लाख ६५ हजार नाफामा गएको हो ।

सामान्य अंक बढ्यो नेप्से, १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । दिनभर उतावचढाव देखिएको परिसूचक उच्च विन्दु २ हजार १०९ दशमलव २९ विन्दुमा पुगे पनि अन्त्यमा भने २ हजार ८९ दशमलव ८४ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू अझै 'पर्ख र हेर'को अवस्थामा रहेकाले बजारमा उच्च वृद्धि र कमी नदेखिएको विज्ञ बताउँछन् । र, सोही कारण कारोबार रकम प्रभावित भएको उनीहरूको भनाइ छ ।   छोटो समयमै प्रोफिट बुक गरी बसेका लगानीकर्ताले सक्रियरूपमा लगानी नगर्दा र धेरै दिन बजार घटेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुँदा यस्तो असर देखिएको विज्ञको भनाइ छ । यद्यपि आगामी दिनमा भने बजार सकारात्मक बन्ने विज्ञहरू अनुमान गर्छन् । सूचीकृत कम्पनीहरूले अहिले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीले लाभांश घोषणा गर्नेछन् । त्यसपछि बजार सकारात्मक बाटो समात्ने उनीहरूको अनुमान छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको छ ।  बिहीवार २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता शेयर ४० हजार ७७४ पटकमा रू. १ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईबिएल ग्रोथफण्डको मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीवार सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ दशमलव १९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३६५ मा झरेको छ । शेयर मूल्य घट्ने कम्पनीको सूचीमा दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ दशमलव १६ प्रतिशत घटेर रू. ६९६ कायम भएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य घटेको छ । यसकारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०४ दशमलव ७० कायम भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रोमा सिइडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. ५ करोड ५४ लाख बराबरको कारोबार भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको हो । समूहगत परिसूचक सर्वाधिक घट्नेमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत घटेको छ । यस्तै व्यापार समूहको परिसूचक १ दशमलव ८१ प्रतिशत बढेको छ ।

एक दिनभन्दा बढी टिकेन नेप्सेको वृद्धि, २१ सय विन्दुमुनि झर्‍यो परिसूचक

काठमाडौं । लगातार पाँच कारोबार दिन घटेपछि सोमवार ५ दशमलव ८४ अंकले बढेको नेप्से परिसूचक मंगलवार पुनः घटेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ३५ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । अर्थात् बजार पुनः २१ सय विन्दुमुनि आएको छ । मंगलवार बजार खुलेदेखि केही समय बढ्न खोजे पनि पछि निरन्तर घटेको थियो । नेप्से २१ सय विन्दुमुनि झरेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव देखिएपछि विक्रेता हाबी भएका थिए ।   विज्ञका अनुसार पछिल्ला दिनहरूमा बजार निरन्तर घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । सोही कारण कारोबार रकम दिनानुदिन घट्दै आएको छ । पछिल्लो समय शेयर बजारमा प्रोफिट बुक गर्ने प्रवृति देखिएको विज्ञ बताउँछन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ ।  मौद्रिक नीति सार्वजनिक हुनुअगाडि बजार चार कारोबार दिनमा बजार ८० अंकभन्दा बढी बढेको थियो । यसरी हेर्दा बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेको देखिन्छ ।  ट्रेडरहरूले प्रोफिट बुक गरेपछि तल्लो विन्दुमा आएपछि मात्रै खरीद बढाउँछन् । यस कारण पनि पछिल्लो समय शेयर बजार प्रभावित भएको विज्ञहरू बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १४ प्रतिशत घटेको छ ।  मंगलवार कारोबारमा आएका २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८३७ पटकमा रू. १ अर्ब ९२ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९८ पुगेको हो ।  शेयर मूल्य सर्वाधिक बढ्न् कम्पनीको सूचीमा दोस्रोमा सिक्लेस हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य १ दशमलव ९३ प्रतिशत बढेर रू. ३९५ दशमलव ७० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ८१५ दशमलव १० मा झरेको छ ।  शेयर मूल्य घट्ने सूचीमा दोस्रोमा हिमालयन लघुवित्त छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशत घटेर रू. ६७८ मा झरेको छ ।  यस कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा धेरै घटेको छ । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको हुन सक्ने विज्ञको अनुमान छ ।   यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा अपर तामाकोशी हाइड्रोपावरले ओगटेको छ । कम्पनीको रू. ८ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० कायम भएको छ । यो सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. ७ करोड भन्दा बढीको कारोबार भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ४७ प्रतिशत घटेको छ ।

यसकारण प्रभावित भयो उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहका ६ कम्पनी सूचीकृत छन् । यीमध्ये हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल बालाजु, युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई र शिवम् सिमेन्ट्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा एउटा बाहेक सबै कम्पनीको नाफा प्रभावित भएको छ ।  विवरणअनुसार यी कम्पनीहरूको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ दशमलव शून्य ७ प्रतिशत घटेको छ । गत आवमा यी कम्पनीहरूले कुल रू. २ अर्ब ६५ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. २ अर्ब ६ करोड नाफा कमाएका छन् ।  यी पाँच कम्पनीमध्ये युनिलिभर नेपालको नाफा बढेको छ भने बाँकी सबै कम्पनीको नाफा घटेको छ । त्यस्तै सबैभन्दा बढी शिवम् सिमेन्ट्सको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५१ दशमलव १५ प्रतिशत घटेको छ । गत आवमा यस कम्पनीले रू. ६५ करोड ४८ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३१ करोड ९९ लाखमा सीमित भएको हो ।  महँगो बैंक ब्याजदर, तरलताको संकुचन, विश्व बजारमा कोइला, डिजेललगायत सामानको मूल्य वृद्धिको प्रभाव, तेस्रो त्रैमास अवधिभर नेपाल विद्युत् प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ गरेका कारण वैकल्पिक ऊर्जाको प्रयोगबाट उद्योग सञ्चालन गर्दा उत्पादन लागत बढ्न पुगेको देखिन्छ ।  युनिलिभर नेपाल लिमिटेडको नाफा गत आवको तुलनामा चालू आवमा ६९ प्रतिशत बढेको हो । गत आवमा कम्पनीले रू. २२ करोड ४ लाख नाफा कमाएकोमा चालू आवमा रू. ३७ करोड २६ लाख पुगेको हो ।  त्यस्तै यी पाँच कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडले रू. ५७ करोड ६६ लाख नाफा कमाएको छ । दोस्रोमा बोटलर्स नेपाल बालाजुले रू. ४३ करोड ५४ लाख नाफा कमाएको छ ।

व्यावसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफा बढ्यो

काठमाडौं । कोभिड–१९ पछि व्यवसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफामा पनि वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत उत्पादनमूलक कम्पनीहरु, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (बालाजु), युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई) र नेपाल ल्युब आयलको नाफा वृद्धि भएको हो । तर शिवम् सिमेण्टको भने नाफा घटेको छ ।   चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा यी उत्पादनमूलक कम्पनीहरुले कुल रू. १ अर्ब ८८ करोड नाफा कमाएका हुन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६४ दशमलव ५६ प्रतिशत वृद्धि भएको हो । यी कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब १४ करोड नाफा कमाएका थिए । चालू आवको दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरुको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको देखिन्छ । यी ६ कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडले रू. ४६ करोड २७ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ७६ लाख नाफा कमाएको थियो । यस कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ४४ करोड आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ अर्ब ९८ करोड पुगेको छ । त्यसैगरी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बोटलर्स नेपाल तराईको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड २० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३० करोड २२ लाख पुगेको हो । गत वर्ष कोभिड महामारीका कारण सम्पूर्ण उत्पादनमूलक कम्पनीहरु बन्द भएका थिए । यस वर्ष कोभिडको प्रकोप कम हुँदै गएकाले व्यवसायिक गतिविधि बढ्न थालेको कम्पनीको नाफामा वृद्धि भएको देखिन्छ । यी कम्पनीहरुको उत्पादन तथा बस्तु विक्री आम्दानीमा पनि वृद्धिहुँदै गएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । यी ६ कम्पनीमध्ये शिवम् सिमेण्टको नाफा भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५८ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४२ करोड ७३ लाखमा झरेको छ । यस कम्पनीको चालू आवको दोस्रो त्रैमाससम्ममा खर्चमा वृद्धि भएकाले नाफा घटेको देखिन्छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल खर्च रू. ३ अर्ब ५८ करोड रहेकोमा चालू आवको सोही अवधिमा खर्च वृद्धि भएर रू. ४ अर्ब ११ करोड पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

नाफा बुक भएसँगै ३०.७५ अंकले घट्यो बजार, ४ अर्ब ६२ करोड बराबरको शेयर खरीदविक्री

पुस २१, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३० दशमलव ७५ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ६४९ दशमलव २० विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका ओटा २३६ धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१४ दशमलव २० पुगेको छ ।  यो दिन दोस्रोमा छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमा ५ दशमलव ४९ प्रतिशत बढेर रू. ४१७ दशमलव ९० पुगेको छ ।  त्यस्तै यो दिन सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ५५ प्रतिशतले घटेकाले सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३२२ मा झरेको छ ।  त्यस्तै दोस्रोमा फष्र्ट माइक्रोफाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ३२ प्रतिशतले घटेर रू. ८६० मा झरेको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री भने शिवम् सिमेण्टको भएको छ । कम्पनीको रू. १८ करोड ७२ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५२३ कायम भएको छ । त्यसैगरी दोस्रोमा अपि पावर कम्पनीको रू. १६ करोड ७४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसुचक शून्य दशमलव ४९ प्रतिशत र वित्त समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक पनि घटेको छ । समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत,व्यापार समूहको १ दशमलव ७४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव २१ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ७१ प्रतिशतले घटेको छ । यसैगरी निर्जीवन बीमा समूहको १ दशमलव ८८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७२ प्रतिशत,अन्य समूहको शून्य दशमलव १६ प्रतिशत,लघुवित्त समूहको २ दशमलव १ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ३८ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ९६ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ५४ प्रतिशतका दरले घटेको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा नाफा बुक भएसँगै बुधवार बजार केही प्रभावित बनेको हो । पछिल्लो समय लगानीकर्ताहरुले छोटो समयमानै नाफा भएपछि बुक गर्ने गरेका कारण परिसूचक घटेको हो । त्यसोत पुस मसान्तमा ऋणको साँवा र ब्याज तिर्नुपर्ने हुन्छ ।यसले गर्दा कतिपयले शेयर बेचेर तिर्ने गर्दछन् । सोही कारण पनि बजार प्रभावित भएको अनुमान लगाउन सकिन्छ ।

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्टको नाफा घटेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण […]

महामारीमा मौलाएको शेयरबजार

कोरोना महामारीका कारण समग्र उद्योग व्यापार शिथिल बन्दै गएको अवस्थामा शेयर बजारले भने नयाँ रेकर्ड बनाइरहेको छ । सामान्यत : महामारी र राजनीतिक संकटको समयमा त्यसको प्रभाव शेयर लगानीकर्ताको मनोविज्ञानमार्फत बजारमा प्रकट हुनेमा यस पटक त्यस्तो देखिएको छ्रैन । कोरोना महामारी र रजनीतिक अस्थिरताका बीचमा पनि शेयरबजार उचाइतिर लम्किनेक्रम जारी छ । सोमवार यो आलेख तयार पारिरहँदा शेयरबजार अघिल्लो दिनको तुलनामा २० दशमलव ७१ अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २२ बिन्दुमा पुगेको छ । यो नेपालको शेयरबजारमा उचाइको नयाँ रेकर्ड हो । कोरोनाको संकटमा पनि शेयरबजारमा लगानीकर्ताको मनोबल उच्च देखिएको छ । यसका पछाडि केही कारण अवश्य छन् । महामारी नियन्त्रणका लागि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको छ । उत्पादन, आपूर्ति र बजारका दृष्टिले महत्त्वपूर्ण मानिएका काठमाडौं उपत्यका, वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्जलगायत क्षेत्रमा निषेधाज्ञा तेस्रो हप्तामा चलिरहेको छ । यसले उद्योग व्यापार प्रभावित भएको छ । बजार बन्द हुँदा माग, उत्पादन र आयातको शृंखलामा नकारात्मक प्रभाव देखिन थालेको छ । उद्योग व्यापार शिथिल हुँदा वित्तीय क्षेत्रमा अधिक तरलता देखिएको छ । यो अहिले तत्कालको समस्यामात्र होइन । गतवर्ष ६ महीनासम्मको बन्दाबन्दी र निषेधाज्ञामा पनि बैंकहरूको लगानी खुम्चियो । बितेको असोजयता अवस्था केही सहज भएपछि बैंकहरूको ऋण प्रवाहमा सुधार आएको पनि थियो । पुनः बन्दाबन्दीकै तहमा भएको निषेधाज्ञाले वित्तीय क्षेत्रमा स्वाभाविक रूपमा तरलता बढेको छ । बैंकले ६/७ प्रतिशत ब्याजमा पैसा दिइरहेका छन् । शेयर कर्जा सहज भएपछि स्वाभाविक रूपमा यसको प्रभाव शेयरबजारमा देखिएको छ । बैंकहरूमा पर्याप्त तरलता र उद्योग व्यापारमा लगानी नभएपछि बैंक र लगानीकर्ताका लागि शेयरबजार सहज विकल्प भएकैले यतिखेर बजार उचालिएको हो । कोरोना महामारीका कारण वैदेशिक रोजगारीको आय जति प्रभावित हुने अनुमान गरिएको थियो, अनुमानभन्दा निकै कम प्रभाव परेको देखियो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को गत चैत महीनासम्ममा विप्रेषण आप्रवाह १६ दशमलव ६ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यो रकम कुनै न कुनै माध्यमबाट बैंकिङ प्रणाली हुँदै बजारमै आउने हो । यसबाट पनि लगानीयोग्य रकम बढ्न गयो । र, बैंकहरूले लगानीका क्षेत्र खुम्चिएको अवस्था शेयर लगानीतर्फ लगानी बढाए । यसले पनि शेयरबजारलाई बढाउन मद्दत मिल्यो । जबसम्म बैंकको ब्याजदर १० प्रतिशतभित्रै रहन्छ, त्यति बेलासम्म शेयरबजारमा लगानी बढ्छ । विगत केही वर्षयता शेयरबजारमा भित्रिएको प्रविधि अहिले शेयरबजार बढ्नुमा एउटा प्रमुख औजार भएको छ । अन्य उद्यम व्यवसायका लागि भौतिक रूपमै उपस्थितिको खाँचो पर्छ भने शेयरबजारमा यो बाध्यता छैन । अहिले लगानीकर्ताले अनलाइनबाटै शेयर किनबेच गर्न सक्ने भएका छन् । विगतजस्तै शेयर दलालको कार्यालयमै धाउनुपर्ने अवस्था भएको भए बन्दाबन्दी र निषेधाज्ञामा शेयर कारोबार सम्भव हुने थिएन । प्रविधिका कारण कारोबार छरितो र पारदर्शी भएपछि लगानीकर्तामा चेतना र उत्साह दुवै विस्तार भएको अवस्था छ, यसले पनि शेयरबजारलाई बढाउने काम गरेको छ । सरकारले घरजग्गाको कारोबारलाई नियन्त्रणको नीति लिएकाले पनि शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको हो । घरजग्गाको कारोबारका नीतिगत कडाइले व्यवसाय खुम्चिनु र लगानी बढी चाहिने भएपछि त्यस्ता व्यवसायी पनि यतिबेला शेयर बजारतिर छिरेका छन् । विज्ञहरूले कारोना महामारी आगामी ४/५ वर्षसम्म कुनै न कुनै रूपमा रहिरहने बताइरहेका छन् । यदि यसो हो भने शेयरबजारको उचाइ निरन्तर बढ्ने अनुमान गर्न कठिन छैन । कोरोना महामारीको समयमा अन्य क्षेत्रका लगानीकर्ताले पनि शेयरबजारलाई वैकल्पिक आयको माध्यम बनाएका छन् । अन्य व्यापार व्यवसायमा बन्दाबन्दी र निषेधाज्ञाको मार परे पनि शेयरबजारमा त्यसको असर नपर्ने भएपछि त्यस्ता लगानीकर्ता पनि आकर्षित भएका छन् । यसले शेयरबजारमा रौनक देखिएको हो । प्राथमिक बजारमा मात्र सीमित धेरै लगानीर्ता अहिले दोस्रो बजारमा प्रवेश गरेका छन् । सरकारले निजी कम्पनीहरूलाई पनि शेयरबजारमा आउन प्रोत्साहित गरेको छ । बुक बिल्डिङमार्पmत शेयर विक्रीको बाटो खुलाइएको छ । सर्वोत्तम सिमेन्ट यसको तयारीमा छ । विगतमा शिवम् सिमेन्टले प्रिमियम दर राखेर सर्वसाधारलाई शेयर बेचिसकेको छ । अरू थुप्रै कम्पनी यसमा लागेका छन् । यसले पनि शेयरबजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउने अपेक्षा गर्न सकिन्छ । लगानीकर्ताले मुख्यत : २ प्रकारले लगानी गरेको पाइन्छ । एकथरी अल्पकालीन लगानीकर्ताका रूपमा आएका छन्, जो सामान्यत : नाफा देख्नेबित्तिकै शेयर बेचेर नाफा बुक गर्नतिर लाग्छन् । अर्काथरी दीर्घकालीन लगानी र प्रतिफलको उद्देश्य राख्छन् । यस्तोमा शेयरबजार बढिरहेको अवस्थामा अरूको कमाई देखेर सुझबुझविनै हाम्फाल्ने प्रवृत्ति पनि देखिएको छ । लगानीको प्रतिफल र जोखिम दुवै आफैले बेहोर्नुपर्ने भएकाले अनावश्यक प्रचारबाजीको पछाडि नलागी आफ्नो स्वविवेकबाट लगानी गर्नुपर्छ । बजार बढेको छ भन्दैमा विचार नपुर्‍याई अरूले भनेकै भरमा लगानी खन्याउँदा गुमाउने जोखिम पनि उत्तिकै हुन्छ । यसकारण आफूले लगानी गर्न लागेको कम्पनीका बारेमा पर्याप्त बुझेरमात्र शेयर खरीद गर्नुपर्छ । अहिले हातहातमा इन्टरनेटको पहुँच भएकाले प्रत्येक कम्पनीको प्रतिवेदन सहजै उपलब्ध हुन सक्छ । यस्तो प्रतिवेदनबाट कम्पनीको आर्थिक स्थिति, कार्यसम्पादनको अवस्था, व्यवस्थापन पक्षका सबल र कमजोर पक्षहरू, लगानीकर्तालाई दिएको प्रतिफलजस्ता विषयलाई सूक्ष्म रूपमा केलाएर प्रतिफल दिने खालका कम्पनी छानेर लगानी गर्नुपर्छ । अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ क्यापिटल मार्केट समितिका संयोजक हुन् ।