बजारप्रति किन विश्वस्त हुन सकेनन् लगानीकर्ता ? यस्तो छ १५ दिनको कारोबारको ट्रेन्ड

काठमाडौं । पछिल्लो समय लगानीकर्ताहरू शेयर बजारमा किन लगानी बढाउन सकिरहेका छैनन् भन्ने प्रश्न उब्जिएको छ । शेयर बजारका लागि सकारात्मक पक्षहरू हुँदाहुँदै पनि बजारप्रति लगानीकर्ता विश्वस्त नभएको देखिएको छ । सोही कारण बजार धेरै घट्न वा बढ्न सकेको छैन । १५ करोबार दिनको ट्रेण्डलाई हेर्दा बजार ९ कारोबार दिनमा परिसूचक १४३ दशमलव ३६ अंक घटेको छ भने ६ कारोबार दिनमा १३२ अंक बढेको छ । समग्रमा १५ कारोबार दिनमा १० अंक मात्रै बजार घटेको छ । यसले बजारमा खरीदकर्ताभन्दा बढी विक्रेता सक्रिय भएको देखाउँछ । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरूले नाफा कमाए पनि खराब कर्जाको अंश बढ्दो छ । यस कारण पनि लगानीकर्ता सक्रिय नभएको देखिन्छ ।  अझै पनि बजारमा तरलता अभाव भएको लगानीकर्ताहरू बताउँछन् । निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर महँगो छ । यस कारण पनि बजार प्रभावित भएको हो । अब शेयर बजारका केही नीतिगत विषयमा नियामक निकायले परिवर्तन गरेमा बजार सकारात्मक दिशामा जाने जानकारहरू बताउँछन् । माग र आपूर्तिले मूल्य निर्धारण गर्ने गर्दछ । बजार बढ्नका लागि लगानीकर्ताको मनोबल पनि सकारात्मक हुनु जरुरी छ । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव ७२ प्रतिशत अर्थात् १३ दशमलव ६८ अंक घटेर १ हजार ८९२ विन्दुमा कायम भएको छ । यस दिन २६४ धितोपत्रको २५ लाख ७१ हजार २०२ कित्ता २३ हजार ४२९ पटकमा रू. ८४ करोड ७ लाख बराबर शेयर कारोबार भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३ दशमलव २५ प्रतिशत बढेर रू. ९२१ पुगेको छ । त्यस्तै दोस्रोमा कुमारी इक्वीटी फण्डको इकाई २ दशमलव ५१ प्रतिशत बढेर रू. ८ दशमलव १८ पुगेको छ ।  बुधवार सबैभन्दा बढी सनराइज ब्लूचिप फण्डका इकाईधनीहरूले सर्वाधिक गुमाएका छन् । फण्डको इकाई मूल्य ९ दशमलव १२ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ७ दशमलव ७७ मा झरेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ७ दशमलव ११ प्रतिशत घटेर रू. ५०१ दशमलव ६० कायम भएको हो ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ७ करोड १ लाख बराबर कारोबार भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा तारागाउँ रिजेन्सी होटलको रू. ३ करोड ९० लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक समग्र घटेका छन् । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी लगानी समूहको परिसूचक १ दशमलव ३३ प्रतिशत घटेको हो । बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५८ प्रतिशत र फ्लोट इन्डेक्स शून्य दशमलव ७५ प्रतिशत घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६४ प्रतिशत घटेको हो ।

सम्बन्धित सामग्री

विश्व लगानीकर्ता सप्ताहमा क्रेडिट रेटिङ सचेतना कार्यक्रम आयोजना

विश्व लगानीकर्ता सप्ताह २०२३- क्रेडिट रेटिङ सचेतना कार्यक्रम सम्पन्न भएको छ। विश्व लगानीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्डको अगुवाइ तथा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको सहभागितामा शंकर देव क्याम्पस र नेपाल...

बजेटको व्यवस्थाले लगानीकर्ता असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा रहेका तीन व्यवस्थाले लगानीकर्ता असन्तुष्ट भएका छन् । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने ब्रोकरहरूले नाफाको समयमा सेयरबाट कमाएको रकमको पनि कर तिर्नुपर्ने अफरसहितको व्यवस्था...

पूँजीबजारप्रति लगानीकर्ता चिन्तित

काठमाडौं । कुनै समय महिनाकै १ अर्ब बढी राजस्व बुझाउने नेपालको पूँजीबजार यतिखेर धराशायी बन्दै गएको प्रति लगानीकर्ता चिन्तित भएका छन् । लगभग १८ प्रतिशत जनता शेयरबजारमा आवद्ध रहेको नेपालको शेयर बजारमा ४४ खर्ब बराबरको पूँजी रहेको छ तर ३२ सयमाथि पुगिसकेको शेयर बजारको इन्डेक्स हाल १८ सयको हाराहारीको विन्दुमा आउँदा लगानीकर्ता थप मर्माहत भएका […]

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...

अस्थिर सेयर बजारले लगानीकर्ता निराश

सेयर बजारमा आइरहेको निरन्तर गिरावटले लाभांश पाउने समयमा पनि लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । बजारमा आएको अस्थिरताले लगानीकर्ता निराश बन्न पुगेका हुन् ।  पछिल्लो समय नेप्से परिसूचक अस्थिर बन्दै आइरहेको छ । नेप्से...

सेयर लगानीकर्ता आन्दोलनमा

सरकारी नीतिका कारण नेप्से घटेको ठहरसँगै लगानीकर्ता यतिवेला आन्दोलनमा छन् । राष्ट्र बैंकले लगाउँदै आएको ४-१२ सेयर धितो कर्जाको सीमा हटाइनुपर्ने विषयलाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् ।  झन्डै १५ अंकले...

सेयर बजारको निरन्तर गिरावट निराश बने लगानीकर्ता

सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन् । नजिकिँदै गरेको चुनावले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता एकपछि अर्को गरी आएको गिरावटले निराश बन्न पुगेका छन् । वर्षको अन्तिम महिना भएकाले...

चुनावको प्रतीक्षामा रहेका लगानीकर्ता निराश : प्रोफिट बुकको नीतिले दबाबमा नेप्से

मंगलबार लगानीकर्ता निराश बनेका छन् । स्थानीय तह चुनावको मिति तोकिने प्रतीक्षामा रहेका लगानीकर्ता चुनावको मिति तोकिएपछि पनि बजार ओरालो लाग्दा निराश बनेका हुन् ।  सरकारले सोमबार चुनावको मिति तोकेसँगै बजार बढ्ने...

नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् ।शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आ

लगानीकर्ता सचेतना कार्यकम

नेपाल स्टक एक्सचेन्स र सिडिएस एण्ड क्लियरिङ्ग हाउसले संयुक्त रुपमा लगानीकर्ता सचेतना कार्यक्रकको आयोजना गरेका छन् । स्थानीय शाखा रहेका ब्रोकर नं १६, ५८, ३७ र ५४ तथा नेपाल पुंजी बजार लगानीकर्ता संघको सहकार्यमा प्रदेश –२ को वीरगञ्जर र बागमती प्रदेशको हेटौंडामा सचेतना कार्यकम आयोजना गरिएको आयोजले जानकारी दिएको छ ।कार्यक्रमलाई नेप्से सञ्चालक समितिकाअध्यक्ष लक्ष्मण […]