काठमाडौं, १९ जेठ । नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका चलचित्र नायक पल शाहको साधारण तारेखमा रिहा गर्नुपर्ने निवेदन अस्वीकृत भएको छ । उच्च अदालत पोखराले उनलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो । न्यायाधीशद्वया उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई सदर गर्ने फैसला सुनाएको हो । […]