काठमाडौँ – कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा न्यायाधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा तोकिएको पेशीमा कैफियत प्रतिवेदन मगाउन आदेश दिइएको हो। पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका थिए। मुद्दाको अवस्था बुझ्न जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन […]