विराटनगर : पछिल्लो समय भूगोल र पहिचानको विषय लिएर पेचिलो बनेको प्रदेश १ को नामकरण अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि फेरि पनि चुनौती बनेको छ।पहिलो कार्यकालमा ३ मुख्यमन्त्री पाएको प्रदेश १ ले नाम टुंगो लगाउन नसक्दा आलोचना बेहोर्दै आइरहेको वेला नवनिर्वाचित सांसदहरूले प्रदेशको नाम सर्वसम्मत राख्नमा जोड दिएका छन्।त्यसो त प्रदेश सरकार गठनको पहिलो कार्यकाल अर्थात स्थापनाकालमा दुईतिहाइ बहुमतको तत्कालीन नेकपाको सरकार हुँदा पनि प्रदेशको नाम जुराउन नसकेको आरोप नखेपेको पनि होइन।संघमा भएको