सिभिल बैंकको नाफा १६२ प्रतिशतले बढ्यो

सिभिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

सम्बन्धित सामग्री

सिभिल बैंकको नाफा ४२ प्रतिशत बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष ९आव० २०७९/८० को पहिलो त्रैमासम्ममा सिभिल बैंकको नाफा ४२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा वृद्धि भएको हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएसँगै खुद नाफा...

सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढ्यो

काठमाडौं, ७ वैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढेको छ । गत वर्ष बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज र सञ्चालन नाफा ५९.३९ प्रतिशत र सञ्चालन नाफा भने ९१.४५ प्रतिशत ले बढेको छ । यसले गर्दा बैंकको नाफा […]

सिभिल बैंकको नाफा बढ्यो, कर्जा तथा ऋण लगानीमा पनि उल्लेख्य वृद्धि

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६५ ले बढेको छ भने कर्जा प्रवाह ५४.६७%ले बढेको छ । बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो । सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७.७६ अर्व वृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको

निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

काठमाडौं । पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव २५ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म ब्याजदर दिएका छन् । सानिमा बैंकले चैतको तुलनामा वैशाखमा १ प्रतिशत विन्दुले ब्याजदर बढाएर मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशतसम्म पुर्‍याएको छ । अहिले तरलता पर्याप्त भएका बैंकहरू बैंकको भोलम बढाउन निक्षेपको ब्याजदर बढाउनतिर लागेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने, ‘अहिले हाम्रो सीसीडी ८४ प्रतिशतभन्दा कम छ । अब निक्षेप संकलन बढाउन पनि ब्याजदर बढाएका हौं ।’ नेपाल राष्ट्र बैंकले चालू आवमा कर्जा पूँजी निक्षेप अनुपात ८५ प्रतिशत तोकेपछि बैंकहरूलाई लगानी गर्न सहज बनेको छ । यसअघि यस्तो सीमा ८० प्रतिशतसम्म थियो । अहिले ८० प्रतिशत र ८५ प्रतिशतको बीचमा करीब नौओटा बैंक रहेका छन् । उत्साहजनक कर्जा प्रवाह गरेका सानिमा, प्राइम, एनआईसी, मेगा, सिभिल, कुमारी, माछापुच्छ्रेलगायत बैंकको सीसीडी कसिलो देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भने पछिल्लो समय बैंकहरूको औसत सीसीडीको अनुपात ७९ दशमलव ४१ प्रतिशत रहेको छ । सीसीडी कसिलो भएका अधिकांश बैंकको निक्षेप ब्याजदर बढाएका छन् । तर, अपवादमा मेगा बैंकले भने घटाएको देखिन्छ । चैतको तुलनामा वैशाखबाट लागू गरेको निक्षेपको ब्याजदर घटाएर मुद्दती निक्षेपमा करीब ६ दशमलव ७५ प्रतिशत कायम गरेको छ । उक्त बैंकको साधारण बचतको ब्याजदर भने न्यूनतम १ दशमलव ७५ प्रतिशतदेखि ३ दशमलव ५० प्रतिशतसम्म कायम गरेको छ ।  बैंकबीच सापटी लिने अन्तरबैंक कर्जाको ब्याजदर भने चर्को देखिएको छ । यस्तो ब्याजदर ४ प्रतिशत माथि अर्थात् साढे ४ प्रतिशतसम्म पनि पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । यस अवस्थामा सीसीडी कसिलो भएका बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशतसम्म हुनुपर्ने नीतिगत व्यवस्था छ । तर, केही बैंकको यस्तो दर सीमाभन्दा पनि नाघेको देखिएको थियो । अहिले भने यस्तो स्प्रेड दर घटेर साढे ३ मा झरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । बैंकले निक्षेपमा बढी ब्याज र कर्जामा कम ब्याज दिएर ग्राहकमैत्री बनेको बताउँदै उनले यस्तो गर्दा बैंकको नाफा कम हुने तर्क गर्छन् । राष्ट्र बैंकले बैंकले दीर्घकालीन स्रोतका लागि दीर्घकालीन व्यक्तिगत निक्षेप जुटाउन बैंकहरूलाई भन्दै आएको छ । तर, ब्याजदर निर्धारण गर्दा १ महीनाअघि नै जानकारी दिने गरी घोषणा गर्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक प्रतिवेदनअनुसार तय भएको आधार दरमा रहेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकले आधार दरमा कर्जाको प्रकृतिअनुसार केही प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । यसआधारमा केही वाणिज्य बैंकले कर्जाको ब्याजदर घटाएका छन् । केहीले भने यसअघिको त्रैमासको आधारदरकै आधारमा कर्जाको ब्याजदरलाई निरन्तरता दिएका छन् । पछिल्लो समय बैंकहरूले सार्वजनिक गरेअनुसार कर्जाको प्रकृति र अवधिअनुसार न्यूनतम साढे ५ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म निर्धारण गरेका छन् । नबिल बैंकले भने कर्जाको ब्याजदर शून्य दशमलव २७ प्रतिशत विन्दुले घटाएको छ । सो बैंकको कर्जाको प्रकृतिअनुसार कर्जाको ब्याजदर करीब साढे ५ प्रतिशतदेखि १० दशमलव ७६ प्रतिशतसम्म रहेको छ । यसअनुसार कर्जाको ब्याजदर घटाउने बैंकहरूले पनि करीब १ प्रतिशत विन्दुभन्दा कम मात्रै घटाएर ब्याजदर निर्धारण गरेका छन् ।

सिभिल बैंककाे नाफा थप खुम्चियो, नेपाल बंगलादेश बैंकको नाफा ३३%ले बढ्यो

काठमाडौं। चालु आर्थिक वर्षको तीन महिनामा सिभिल बैंकको नाफा थप १४.१० प्रतिशतले घटेको छ। नेपाल बंगलादेश बैंकको नाफा भने

सिभिल बैंकको नाफा ८५ प्रतिशतले बढ्यो

काठमाडौं - सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८५.२० प्रतिशतले बढी हो । यसैगरी बैंकको रिएल स्टेट कर्जा गत आ.व.को तुलनामा ३.३९ प्रतिशतले घटेर १ अर्व ४३ करोड भएको छ भने आवास कर्जा &n...

एनसीसी बैंकको नाफा २७ प्रतिशत बढ्यो, सञ्चालन नाफा मात्रै १ करोड २५ लाख

२८ कात्तिक, काठमाडौं । चालु आव २०७४/७५ को पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा २७ प्रतिशतले बढेको छ । बैंकको नाफा १६ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको सञ्चालन नाफा भने लगभग ९२ प्रतिशतले घटेको छ । यो …