काठमाण्डाै – नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार अहिले एक लिटर पेट्रोलको मूल्य एक सय ६० रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्य वृद्धि भइरहेको छ । यस्तो अवस्थामा सरकारकाे ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ ।
त्यसमाथि सहर तथा सहरोन्मुख क्षेत्रमा आफ्नै सवारी साधन चलाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । हरेक १५ दिनमा इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाउने मूल्यसूची र त्यसैका आध...