काठमाण्डाै – सरकारले कृषि उत्पादन बढाउन 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मङ्गलवार मन्त्रालयमा पदबहाली गरेपछि 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो ।
कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले याे कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ ।
यस्तै मन्त्री...