एयर अरेबियाको ठगी : रद्द गरेको टिकटको रकम फिर्ता नै गरेन

युनाइटेड अरब इमिरेट्स (यूएई) को विमान कम्पनी एयर अरेबियाले नियामककै धज्जी उडाउँदै नेपालीहरूलाई ठगी गरेको खुलेको छ । टिकट काटे पनि गन्तव्यमा पुग्न नसकेका यात्रुलाई रकम फिर्ता नदिएर एयर अरेबियाले नेपालीलाई ठगेको हो । सो एयरलाइन्सले टिकटबापतको रकम फिर्ता दिन आग्रह गरेको नेपाल सरकारकै समेत धज्जी उडाएको छ । ओमिक्रोन भेरियन्टले विश्वभर कोरोना महामारीको तेस्रो लहर निम्त्याएपछि नेपाल सरकारको गृह मन्त्रालयले माघ ७ गते खाडी राष्ट्र र मलेसियामा भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको थियो । विभिन्न उद्देश

सम्बन्धित सामग्री

गो-फर्स्ट एयरलाइन्सद्वारा जुन १२ सम्म आफ्ना सबै उडानहरू रद्द

गो-फर्स्ट एयरलाइन्सले सञ्चालनको कारण देखाउँदै जुन १२, २०२३ सम्मका सबै उडान रद्द गरेको जानकारी दिएको छ । गो-फर्स्ट एयरलाइन्सले उडान रद्द गर्दा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यात्रुलाई सम्पूर्ण रकम फिर्ता गर्ने बताएको छ । एयरलाइन्सले टिकट बुकिङको लागि भुक्तानी गरेको मूल मोडमा पैसा फिर्ता गरिने बताएको छ। यससँगै एयरलाइन्सले छिट्टै पुनः बुकिङ सुरु गर्ने […]

भोटेकोशीको आईपिओ नपरेको पैसा फिर्ता आएँन ? यसो गर्नुस्

ग्लोबल आइएमई क्यापिटलले मध्य भोटेकोशीको स्थानीयको आईपिओ नपरेको पैसा फिर्ता नभएको भए क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ। बिक्रि प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलले आईपिओ बाँडफाँटमा आंशिक परेका तथा नपरेको शेयर वापतको रकम २०७८ आश्विन १४ गते बिहीबारदेखि सम्बन्धित आवेदकहरुको दरखास्त फारममा उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तरण गरि सकिएको जनाएको छ ।  आवेदकहरुको आवेदन फारममा बैंक खाता नभएका तथा बैंक खाता नम्बर हुबहु नमिलेका आवेदक/शेयरधनीहरुको खातामा रकम रकमान्तरण हुन नसक्नाको कारण सहितको नामावली क्यापिटलको वेभसाइट www.globalimecapital.com मा राखिएको क्यापिटलले उल्लेख गरेको छ।उक्त लिष्ट हेरी सो मा आफ्नो नाम उल्लेख भएमा सही खाता नम्बर र बैंक नाम सहित यस कम्पनीको इमेल info@gicl.com.np पत्राचार गर्न वा क्यापिटलको नम्बर 9813987385,9866299239 मा भाइवर मार्फत जानकारी गराउन क्यापीटलले आग्रह गरेको छ।क्यापिटल मै गई  विजेता शाक्य ( मर्चेण्ट बैंकिंग विभाग - सम्पर्क नम्बर ९८१३९८७३८५ ) र अनु श्रेष्ठ (लेखा विभाग - सम्पर्क नम्बर ९८६६२९९२३९) लाई सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ । अद्यावधिक भएको खाता नं. र बैंक नाम प्राप्त भएको ३ कार्य दिन पश्चात रकम फिर्ता भुक्तानीको प्रकृया अगाडि बढाउने क्यापिटलले जनाएको छ।स्थानीयलाई निष्काशन गरिएको आईपिओमा १ लाख ८ हजार ५ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १ सय ४७ जनाले आवेदन दिएका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १८० कित्तासम्मको लागि आवेदन दिने आवेदकले माग बमोजिम कै शेयर पाएका छन् । १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने मध्ये बाट थप २ हजार ३ सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।यस हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म शेयर पाएका छन्  । आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३ सय ८० जना आवेदकले आवेदन दिएका थिए   । जस मध्ये १५ सय १५ जनाको आवेदन रद्द भएर ९४ हजार ८ सय ६५ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको छ  । यस अन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन्  । त्यस्तै ५० देखि ४ सय कित्तासम्म आवेदन दिने मध्येबाट गोलाप्रथा गरि ४० हजार ५ सय ४८ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज विक्री सम्झौता तोडियो

विराटनगर । डा. सुनील शर्माले नेपालगञ्ज मेडिकल कलेज तथा टिचिङ हस्पिटल समेत ३५० करोड रुपैयाँमा किन्ने सम्झौता तोडिएको छ । विक्री गर्ने पक्षले एकतर्फी रूपमा सम्झौता तोडेपछि उक्त कलेज किन्ने प्रक्रिया तत्काललाई स्थगित भएको छ । नेपालगञ्ज मेडिकल कलेज र टिचिङ अस्पतालका कर्मचारीले चार महीनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । कर्मचारीको तलब, बैंकको ऋण दायित्वसमेत गरी ३५० करोडमा मेडिकल कलेज तथा टिचिङ अस्पताल किन्न डा. शर्मा तयार थिए । विराटनगरको नोबेल टिचिङ हस्पिटल र सिनामंगलको काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४६ प्रतिशत शेयर करसमेत गरी प्रतिकित्ता ५०० रुपैयाँका दरले खरीद गर्नेगरी असार अन्तिममा सम्झौता गरी २ करोड रुपैयाँ बैना समेत दिएका थिए । नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले अन्य शेयर धनीहरूसँगको सम्मतिमा विक्री गर्ने सहमति गरेपछि खरीदविक्री सम्झौता भएको थियो । स्रोतका अनुसार कलेज सञ्चालकहरूमध्ये केहीले कनौडियालाई दबाबमा पारेर सम्झौता भंग गर्न लगाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठ नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष समेत हुन् । श्रेष्ठ सहितको समूह कलेज विक्री नगर्ने पक्षमा पुगेपछि सम्झौता भंग हुन पुगेको स्रोतले दाबी छ । सम्झौता तोडिएपछि बैना रकम फिर्ता गर्न कनोडिया शर्माकहाँ पुगेका थिए । मेडिकल कलेजमा कनोडिया र उनको परिवारको ३७ दशमलव ५ प्रतिशत लगानी छ । शर्माले उनको र अन्य शेयरधनीको समेत शेयर खरीद खरीद प्रक्रिया अघि बढाएका थिए । शर्मासँग अहिले पनि नेपालगञ्ज मेडिकल कलेजको ३ दशमलव ५ प्रतिशत शेयर छ । खरीद सम्झौता रद्द भए पनि आफूहरूलाई खासै समस्या नरहेको प्रतिक्रिया शर्माले दिएका छन् ।

६ देशका यात्रुहरूलाई कतार प्रवेशमा लाग्ने छ नयाँ मापदण्ड

दोहा । कतार राज्यले ६ देशहरू बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, र श्रीलंकाबाट जाने यात्रुहरूलाई प्रवेशका लागि नयाँ मापदण्ड तोकेको छ । जसअन्तर्गत यी देशहरूका यात्रीहरूले १० दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ । तत्कालको यस मापदण्डका कारण कतारले सबै देशका यात्रीहरूको अप्रिल २९ देखिका होटल बुकिङ रद्द गर्ने भएको छ । बुकिङ भएका सबैले पुनः बुकिङ गर्नु पर्नेछ ।कम्पनीले रद्द भएका सबै बुकिङको पूरा रकम फिर्ता गर्दै पुष्टिका लागि इमेल गर्ने जनाएको छ । जसमा देश अनुसारका ग्राहकलाई पुनः बुक

गणेशमान सिंह स्मृति बक्सिङ नहुने

काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नहुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाइरसको कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ । ‘कोरोना भाइरसको महामारीको लगायतका प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका लागि निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द …

आठ करोड जरिवानासहित ठेक्का रद्द : पेस्की रकम फिर्ता, धरौटी जफत

वाईपी कन्स्ट्रक्सन प्रालिले १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि सरकारले पेस्की रकम फिर्ता र कम्पनीको धरौटी रकम जफत गरेको छ। कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवानासमेत तोकिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरी नदीको पुल निर्माण गर्ने जिम्मा लिएको सो कम्पनीले पुल निर्माण अलपत्र पारेपछि सरकारले दुई करोड ६० लाख पेस्की रकम र ७२ लाख धरौटी रकम जफत गरेको हो। मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका अनुसार १० वर्षसम्म पनि पुल निर्माण नगरेपछि पेस्की रकम फिर्ता, धरौटी जफत गरेर जरिवाना गर्ने निर्णय गरिएको हो।