काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नहुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाइरसको कारण प्रतियोगिता रद्द गरिएको जनाएको छ । ‘कोरोना भाइरसको महामारीको लगायतका प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका लागि निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द …