काठमाण्डौ – वैदेशिक रोजगार विभागमा दुई म्यानपावर कम्पनीले आफ्नो इजाजत रद्द गरी धरौटी रकम फिर्ता तथा बैङ्क ग्यारेन्टी फुकुवा गर्न निवेदन दिएका छन् ।
इजाजत पत्र नम्बर ९४२ भएको नेगी इन्टरनेशनल र १०३२ इजाजत नम्बर भएको झरना ह्युमन रिसोर्स प्रालिले आफ्नो इजाजत पत्र रद्द गरी धरौटी रकम फिर्ता र बैङ्क ग्यारेन्टी फुकुवा गरी पाउँ भन्दै विभागमा निवेदन दिएका हुन् ।
म्यानपावर कम्पनीले इजाजत रद्दको माग गर्दै आवेदन दिए पछि विभागले ३५ दिनभित्र यी म्यानपावरसँग कसैको हक स्वामित्व तथा लेनदेनमा असर पर्ने भए वा कसैलाई मर्का पर्ने भएम...