भोटेकोशीको आईपिओ नपरेको पैसा फिर्ता आएँन ? यसो गर्नुस्

ग्लोबल आइएमई क्यापिटलले मध्य भोटेकोशीको स्थानीयको आईपिओ नपरेको पैसा फिर्ता नभएको भए क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ। बिक्रि प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलले आईपिओ बाँडफाँटमा आंशिक परेका तथा नपरेको शेयर वापतको रकम २०७८ आश्विन १४ गते बिहीबारदेखि सम्बन्धित आवेदकहरुको दरखास्त फारममा उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तरण गरि सकिएको जनाएको छ ।  आवेदकहरुको आवेदन फारममा बैंक खाता नभएका तथा बैंक खाता नम्बर हुबहु नमिलेका आवेदक/शेयरधनीहरुको खातामा रकम रकमान्तरण हुन नसक्नाको कारण सहितको नामावली क्यापिटलको वेभसाइट www.globalimecapital.com मा राखिएको क्यापिटलले उल्लेख गरेको छ।उक्त लिष्ट हेरी सो मा आफ्नो नाम उल्लेख भएमा सही खाता नम्बर र बैंक नाम सहित यस कम्पनीको इमेल info@gicl.com.np पत्राचार गर्न वा क्यापिटलको नम्बर 9813987385,9866299239 मा भाइवर मार्फत जानकारी गराउन क्यापीटलले आग्रह गरेको छ।क्यापिटल मै गई  विजेता शाक्य ( मर्चेण्ट बैंकिंग विभाग - सम्पर्क नम्बर ९८१३९८७३८५ ) र अनु श्रेष्ठ (लेखा विभाग - सम्पर्क नम्बर ९८६६२९९२३९) लाई सम्पर्क गर्न क्यापिटलले आग्रह गरेको छ । अद्यावधिक भएको खाता नं. र बैंक नाम प्राप्त भएको ३ कार्य दिन पश्चात रकम फिर्ता भुक्तानीको प्रकृया अगाडि बढाउने क्यापिटलले जनाएको छ।स्थानीयलाई निष्काशन गरिएको आईपिओमा १ लाख ८ हजार ५ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १ सय ४७ जनाले आवेदन दिएका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १८० कित्तासम्मको लागि आवेदन दिने आवेदकले माग बमोजिम कै शेयर पाएका छन् । १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने मध्ये बाट थप २ हजार ३ सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।यस हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म शेयर पाएका छन्  । आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३ सय ८० जना आवेदकले आवेदन दिएका थिए   । जस मध्ये १५ सय १५ जनाको आवेदन रद्द भएर ९४ हजार ८ सय ६५ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको छ  । यस अन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन्  । त्यस्तै ५० देखि ४ सय कित्तासम्म आवेदन दिने मध्येबाट गोलाप्रथा गरि ४० हजार ५ सय ४८ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । 

सम्बन्धित सामग्री

मध्य भोटेकोशीको आईपिओमा नपरेको पैसा बिहिबारदेखि फिर्ता हुने

मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओमा नपरेको पैसा असोज १४ गते बिहिबारदेखि फिर्ता हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले असोज १४ गतेदेखि पैसा फिर्ता गरिने बताएको हो । आवेदनहरुको बैंक खाता मै पैसा रकमान्तर गरिने र पैसा आए नआएको यकिन गर्न पनि क्यापिटलले आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड गरेको हो । आईपिओमा १ लाख ८ हजार ५ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १ सय ४७ जनाले आवेदन दिएका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गत १८० कित्तासम्मको लागि आवेदन दिने आवेदकले माग बमोजिम कै शेयर पाएका छन् । १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने मध्ये बाट थप २ हजार ३ सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।यस हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म शेयर पाएका छन्  । आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३ सय ८० जना आवेदकले आवेदन दिएका थिए   । जस मध्ये १५ सय १५ जनाको आवेदन रद्द भएर ९४ हजार ८ सय ६५ जना योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको छ  । यस अन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन्  । त्यस्तै ५० देखि ४ सय कित्तासम्म आवेदन दिने मध्येबाट गोलाप्रथा गरि ४० हजार ५ सय ४८ जनाले थप १० कित्ता शेयर पाएका छन्  । यस हिसाबमा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो ।  स्थगन भएको आईपिओ बिक्रि साउन ५ गतेबाट पुन: सुचारु भएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको  ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गरेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।  कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि शेयर निष्काशन गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन हुने छ । कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ  । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ  । कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।