अदानी इन्टरप्राइजेजद्वारा एफपीओ विक्री रद्द गर्ने घोषणा, 'लगानीकर्ताको रकम चाँडै फिर्ता गर्छौं'

काठमाडौं। हिडेनबर्गको प्रतिवेदन एकाएक सार्वजनिक भएपछि भारतीय खर्बपति व्यापारी गौतम अदानीको अदानी इन्टरप्राइजेजले फलोअन पब्लिक अफरिङ (एफपीओ )विक्री रद्द गरेको छ । उसले बुधवार आफ्नो २० करोड रुपयाको एफपीओ विक्री फिर्ता लिने घोषणा गरेको हो । अदानी इन्टरप्राइजेजले २० हजार करोड भारुको एफपीओ गत शुक्रवारदेखि दलाल स्ट्रिटमा विक्री खुलाएको थियो। तर पनि अदानी इन्टरप्राइजेजको उक्त शेयरमा अन्तिम दिनसम्ममा शतप्रतिशत आवेदन परेको थियो। एफपीओ रद्द गर्ने घोषणा अमेरिकाको शर्टसेलिंग कम्पनी हिडेनबर्गको रिपोर्ट एकाएक सार्वजनिक भएपछि आएको हो । कम्पनीले चाँडै नै लगानीकर्ताको रकम फिर्ता गरिने पनि बताएको छ । कम्पनीले एफपीओबाट आर्जन गरेको रकम अडानी इन्टरप्राइजेज लिमिटेड र यसका सहायक कम्पनीहरूको ऋण चुक्ता गर्न प्रयोग गरिने बताउँदै आएको छ । अदानी इन्टरप्राइजेजका अध्यक्ष अदानीले बजारमा  देखिएको असाधारण परिस्थितिपछि एफपीओ रद्द गर्नुपरेको बताएका छन् ।  हिडेनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अदानी समूहका शेयरमूल्य पछिल्लो एक सातादेखि लगातार घटिरहेका छन्। अदानी समूहले उक्त प्रतिवेदनलाई निराधार भन्दै आएको छ तर पनि लगानीकर्ताको मनोबल भने केहिदिन यता डगमगाइरहेको स्थिति छ । पछिल्लो पाँच कारोबार दिनमा समूहको दोस्रो बजारमा सूचीकृत सात ओटा कम्पनीको सामूहिक बजार पूँजीकरण ७ लाख करोड रुपयाले घटेको छ । हिन्डेनबर्गको प्रतिवेदनको नतिजाले विश्वव्यापी ध्यान अदानी समूहप्रति खिचेको छ। गत हप्ता फोर्ब्सको धनी सूचीमा तेस्रो स्थानमा रहेका अदानी अहिले विश्वको आठौं स्थानमा ओर्लिएका छन्। एजेन्सीहरु

सम्बन्धित सामग्री

कार्यविधिका कारण छात्रवृत्ति रकम फिर्ता

सिमकोट – कर्णाली प्रदेश सरकारले बर्सेनि उपलब्ध गराउँदै आएको महिलातर्फको लक्षित वर्गको छात्रवृत्ति रकम फिर्ता जाने गरेको पाइएको छ। छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधिको कारण सो छात्रवृत्तिको रकम साविक कर्णालीका पाँचै जिल्लाबाट फिर्ता जाने गरेको हो। सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले छोरी बुहारीमा बीस वटा मात्र आवेदन परेको कारण सबैले पाए पनि दलितमा पाँच जना […]

स्थानीय तहको चुनावपछि उम्मेदवारले बुझाएको जरिवाना रकम फिर्ता गर्न लागिएको हो ?

जरिवाना रकम बुझाएकाको रकम फिर्ता गर्ने तयारी निर्वाचन आयोगले गरेको हो ।

चीन भन्छ,‛अमेरिकाले अफगानिस्तानको रकम फिर्ता गर्नुपर्छ’

चीनले अमेरिकी बैंकमा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन् । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाहरूको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता […]

बाटोमा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता

काठमाडौँ,१८ पुष । विराटनगरका एक व्यक्तिले इमान्दारिता प्रदर्शन गरेका कारण चर्चा कमाएका छन् । विराटनगर महानगरपालिका–३ स्थित गोधुली मार्ग बस्ने अनिस्कार भट्टले गत असोजमा बाटोमा भेटाएको रु एक लाख ३५ हजार आइतबार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीको रोहबरमा भट्टले रकम हराउने व्यक्ति अमोदकुमार यादवलाई सो रकम फिर्ता गरेको हो […]

निहारिकाले फिर्ता गरिन् करिश्माको सहयोग रकम

‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छिन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। आज शुक्रबार उनी...

गौतमश्रीका अध्यक्षको विज्ञप्ति : जायजेथा बेचेर पनि बचत रकम फिर्ता गर्छु

१७ साउन, काठमाडौं । गौतमश्री बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन् । मंगलबार गुप्त स्थानबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष गौतमले रकम फिर्ता गर्न नसकेर भागेको नभई अन्य व्यावसायिक कार्यको लागि भारत गएको बताएका छन् । सोमबार नै भारतबाट नेपाल फर्किसकेको र सहकारीको समस्या […]

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपेड सेवाको धरौटीलाई बिलमा समायोजना गर्ने भएको हो ।  कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग धरौटी लिदै आएको थियो । एक सूचना जारी गर्दै टेलिकमले धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त...

एम्बुलेन्स खरिदका लागि आएको रकम प्रवासमै फिर्ता

नीतिगत जटिलताका कारण एम्बुलेन्स खरिदका लागि समस्या भएपछि प्रवासबाट जम्मा भएको रकम फिर्ता भएको छ । बागलुङको धौलागिरि अस्पतालमा एम्बुलेन्स खरिदका लागि अष्टे«लियावाट प्राप्त २८ लाख रुपैया फिर्ता भएको हो ।रोजगारीको शिलसिलामा अष्टे«लिया पुगेका बागलुङेहरूको अगुवाइमा संकलित रकम सुविधायुक्त एम्बुलेन्स खरिदका लागि भन्दै अस्पताललाई प्रदान गरिएको थियो । प्राप्त भएको सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा […]

खर्च नभएको रकम फिर्ता पठाउन स्थानीयलाई मन्त्रालयको परिपत्र

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता पठाउन स्थानीय तहलाई मन्त्रालयले परिपत्र गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको खर्च नभएको रकम फिर्ता गर्न र खर्चको आर्थिक विवरण पठाउन भनेको हो ।

वैदेशिक राेजगारी : ठगिएका १८ जनाकाे रकम सामीकाे पहलमा फिर्ता

तनहुँ : सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो । चालु आर्थिक वर्षको असारदेखि अहिलेसम्म १८ जनाले आठ लाख ७० हजार रुपैयाँ फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो । यस अवधिमा व्यास नगरपालिकाका चार लाख रुपैयाँ, म्याग्दे गाउँपालिका भित्रकाका चार लाख ४० हजार र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ फिर्ता गरिएको छ ।  चालु आर्थिक वर्षमा आप्रवास...