रौतहट : राज्यले महिला हिंसा तथा सामाजिक कुरीति न्यूनीकरण गर्न वार्षिक करोडौँ लगानीमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि तराई मधेशमा अझै जस्ताको तस्तै छ।जनचेतनामूलक अभियानमा निरन्तरता दिए पनि रौतहटमा महिला आत्मनिर्भर हुन सकेका छैनन्। रौतहट जिल्लाका ग्रामीण क्षेत्रका महिला लगायत नाबालिग पनि हिंसाका शिकार बन्दै गएका छन्। घरेलु हिंसाका कारण मानसिक, शारीरिक, आर्थिक‚ यौनजन्य समस्या सामना गर्न रौतहटका महिलाहरू बाध्य छन्।आफू जन्मेको, हुर्केको परिवार