रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला परेकी छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला परेकी हुन् ।माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उनी झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी हुनुभएको थियो । स्नातक तह उत्तीर्ण गरेकी उनी