काठमाडौं : नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सामुदायिक रेडियोका लागि सरकारले छुट्टै कानून बनाउनुपर्ने बताएका छन्।सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपमहासचिव गुरुङले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियो संरक्षण गर्न सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए।उनले अहिलेको परिस्थितिअनुसार नीति निर्माण हुनुपर्ने बताउँदै कानून परिवेशअनुसारका कानून निर्माण गर्न आग्रह गरे। उनले नेपालको स