विराटनगर : सुनसरी सोनापुरकी २२ वर्षीया आइशा खातुनका लागि परिवारको दर्बिलो साथ नहुँदो हो त एयर होस्टेस बनेर उड्ने सपना पूरा गर्न लगभग असम्भवजस्तै हुन्थ्यो होला। मुस्लिम समुदायमा महिलाहरुका लागि धार्मिक, सांस्कृति बन्धनका पर्खाल भत्काएर स्वतन्त्र पखेटा फिँजाएर आफूले ताकेको लक्ष्यको आकाश चुम्न अन्य समुदायको दाँजोमा धेरै सकस बेहोर्नुपर्छ।तर शरीर ढाक्ने पहिरन, अनुहार ढाक्ने बुर्कासँगै आफ्नो सपना पछ्याएकी आइशा यती एयरलायन्सको जहाजमा एयर होस्टेस (परिचारिका) को