कसरी बन्ने एयर होस्टेस ?

काठमाडौं । विमान परिचारिका अर्थात् एयर होस्टेस । आफैंमा लोभलाग्दो पेशा हो यो । आकाशमा सयर गर्ने यो पेशा जति  रोमाञ्चक छ, उत्तिकै जिम्मेवार पनि । अर्को आकर्षक कुरा त के छ भने, क्षणक्षणमै भिन्न हावापानी अनुभव गर्न सकिने । भिन्न भूगोल टेक्न पाइने । त्यसमाथि उचित सेवा-सुविधा त छँदैछ । यस्तो पेशा कसले अपनाउन […]

सम्बन्धित सामग्री

एयर होस्टेस विधामा ५५ जना दीक्षित

काठमाडौं- नेपाल एयर होस्टेस एकेडेमीमामा अध्ययन गरेका ५५ जना एयर होस्टेस बिहीबार दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुलाई विमान परिचारिका बन्ने अवसर खुलेको छ । सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले भनाई राखिन् […]

नेपाल एयरहोस्टेस एकेडेमीका अध्ययनरत ५५ जना एयर होस्टेस दीक्षित

जेठ १२, काठमाडौं । नेपाल एयरहोस्टेस एकाडेमीमा अध्ययनरत १६, १७ र १८औं व्याचका ५५ जना एयर होस्टेस दीक्षित भएका छन् ।  काठमाडौंको हात्तिसारमा भएको एक ग्राजुएसन समारोहमा दीक्षित भएर प्रमाणपत्र पाएसँगै उनीहरुको विमान परिचारिका बन्ने बाटो खुला भएको छ । उनीहरु सात महिना पहिले एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकाडेमीमा अध्ययन गर्न आएका हुन् । विगत ७ महीनाको प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीको लागि सक्षम बनेका नेपाल एयर होस्टेस एकेडेमीका डाइरेक्टर रेजिना तुलाधरले जानकारी दिएका छन् ।  ग्राजुएसन समारोहमा नेपाल एयर होस्टेस एकाडेमीका चिफ इन्सटक्टर गौरी कला थापा, भारतीय मूलकी अन्तरराष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, पर्सनालिटी प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तको समेत सहभागिता रहेको थियो ।  कार्यक्रममा सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्रका साथै तथा हरेक व्याचका उत्कृष्ट विद्यार्थीलाई मेडलसमेत प्रदान गरिएको थियो । संस्थाका डाइरेक्टर रेजिना तुलाधरले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुले विमान परिचारिका जस्तो महत्वपूर्ण क्षेत्रमा लगानी गरेर युवाहरुलाई शिक्षा प्रदान गर्नु आफैँमा महत्वपूर्ण रहेको भन्दै प्रसंसा गरे । उनीहरुले पढ्नुपर्ने विषयमा विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार, फायर फाइटिङ रहेको छ । यस्तै उक्त विषय पढ्दा विभिन्न विषयवस्तुलाई फोकस गरिन्छ । जस्तै ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषयलाई बढी प्रार्थमिकताका साथ शिक्षा प्रदान गरिन्छ ।  उनीहरुले विमानस्थल, विमान कम्पनी, एयरपोर्ट लन्च, ग्राउन्ड होस्टेस, कर्पोेरेट कार्यालय, ट्राभल एजेन्सीलगायत विभिन्न कार्यालयमा फ्रन्ट डेक्समा सजिलै काम गर्न सक्छन् ।  विमान परिचारिकाले यात्रुको सत्कार गर्ने, यात्रुको सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने लगायतका कार्य गनुपर्ने हुन्छ ।  राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तरराष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म पनि कमाइ हुने बताइएको छ ।  एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको तुलाधर बताए ।