बुवाआमा छोरीले धेरै पढोस् भन्ने चाहन्थे। प्रिया थापा भने छुट्टै सपनाको उडान भर्ने सोचमा थिइन्। उनलाई एयर होस्टेसको ग्ल्यामरस् जीवनशैलीले लोभ्याइरहेको थियो। एयर होस्टेस बन्ने बच्चैदेखिको इच्छा भने हैन। उनको चिनजानकी एकजना दिदी एयर होस्टेस थिइन्। राम्रो लूगा लगाएर काममा जाने, विदेशमा गएर सपिङ गर्ने। उनको 'लाइफ कलरफुल' लाग्थ्यो प्रियालाई।…