सरकारले काठमाडौं उपत्यका भित्र प्रवेश गर्ने मुख्य नाका साँगा र थानकोटमा पिसिआर चेकजाँच सुरु गरेसँगै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत परीक्षण सुरु गरेको छ ।
पछिल्ला दिनहरुमा काठमाडौंमा कोरोना संक्रमितको संख्या बढिरहँदा सरकारले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत पिसिआर परीक्षण गरेको हो । सिंहदरबारमा कार्यरत चालक, कार्यालय सहयोगी तथा प्रत्यक्ष रुपमा बाहिरका मान्छेहरुसँग संम्लग्न देखिने कर्मचारी, रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा कार्यरत पत्रकाहरुको पिसिआर परीक्षणको लागि नमूना संकलन गरिएको हो ।