घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे थप पाँच सय रुपैयाँ

काठमाण्डौ – पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब सङ्कलनका लागि पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराउनुभएको हो । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उहाँले बताउनुभयो । यस्तै सरकारले बिहीवार (भोलि) सम्मम...