नुवाकोट। जिल्लाको त्रिशूली अस्पतालको आरटी पीसीआर प्रयोगशालामा कोभिड-१९ परीक्षणका लागि स्वाब सङ्कलन एक साताका लागि बन्द भएको छ। आज नुवाकोट स्वास्थ्य कार्यालयले धाडिङ र रसुवा जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै भोलिबाट स्वाब सङ्कलन बन्द गर्न लागको जनाएको हो। यसअघि ‘अत्यधिक मात्रामा’ सङ्कलित स्वाब परीक्षणको नतिजा आउन बाँकी रहेको पनि पत्रमा जनाइएको छ।