काठमाडौं : २०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलोपटक परराष्ट्र नीति सार्वजनिक गर्यो। त्यसबेला छरिएर रहेका नीतिहरुलाई एकीकृत गरि नयाँ परराष्ट्र नीति सार्वजनिक गरिएको थियो।
तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नीतिमा नेपाललाई 'सफ्ट पावर'का रुपमा विकास गर्ने उल्लेख छ। यस्तै, छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ…