सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान लिने भएको छ । करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको कम्तीमा ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको विवरण प्राप्त भएको छ भने त्योमध्ये ८० करोड रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्कमा सञ्चालक तथा प्रबन्ध निर्देशक थिए ।