विद्युत कटाैतीबारे प्रम कार्यालयकाे चासाे, व्यवस्थित बनाउन निर्देशन

उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो ।  प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई आत्मसात् गर्न नसकेपछि छलफल आयोजना गर्नुपरेको प्रधानमन्त्री कार्यालयको ठहर छ । छलफलमा समस्या समाधानका उपायको खोजी मात्र नगरी उपभोक्ताले उठाएका जायज माग एवम् आलोचनालाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिइयो । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा अन्य कारण के हो भन्ने तथ्य पत्ता लगाएर तत्काल समाधानको उपाय खोज्नुपर्ने साझा निष्कर्षसमेत निकालिएको छ ।      छलफलमा प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । यस्तै प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौँ उपत्यकाका १० वितरण केन्द्रका प्रमुख उपस्थित छलफलमा समस्या समाधानमा हरसम्भव उपाय अपनाउन र उपभोक्तालाई सहज रुपमा सेवा दिनका लागि अहोरात्र परिचालित हुन तथा गुनासोरहित काम गर्ने विषयमा प्रतिबद्धता व्यक्त भएको छ ।

सम्बन्धित सामग्री

पाठ्यपुस्तक उत्पादनको दैनिक विवरण उपलब्ध गराउन प्रम कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी २०८० वैशाख २ गतेभित्र पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा मंगलबार भएको बैठकमा प्रमका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले वैशाख २ गते विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिनुभएको छ । बैठकमा उहाँले पाठ्यपुस्तक उत्पादन भएको दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको थियो । प्रम […]

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन् । प्रम देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ  । लिम्पियाधुरा, लिपुलेक र कालापानी ने

भाजपा कार्यालयमा प्रम देउवा

काठमाडौँ : भारतको तीनदिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय भ्रमण गरेका छन्। उनलाई भाजपाका नेताहरूले स्वागत गरेका थिए।प्रधानमन्त्री देउवालाई दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भटले स्वागत गरेका थिए। साथै भारतका लागि नेपालका राजदूत डा. शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायतले पनि स्वागत गरेका थिए। त्यसपछि प्रम देउवा

तस्वीर :  प्रम देउवा – एमाले अध्यक्ष ओली बीच भेटघाट

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शनिवार बालकोटमा भेटघाट गर्दै । झण्डै चार महीनादेखि अवरुद्ध संसद् खुलाउन प्रम देउवाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको बताइएको छ । भेटमा प्रम देउवा र ओली बीच के–कस्तो छलफल र सहमति भए/ नभएको बारे खुलेको छैन । तर, प्रम सचिवालयले छलफल सकारात्मक रहेको बताएको छ । तस्वीर : रासस

प्रम ओलीको अन्तिम सम्बोधन : आफ्नो कार्यकालमा असाधारण सफलताको दाबी

उनले सो क्रममा थुप्रै कानून र कार्यविधि समेत गरिएको दाबी गरे। प्रम ओलीले विकास, सुशासनका लागि विभिन्न आधारहरु तयार गरेको जानकारी दिँदै आफूले गरेका प्रगतिको फेहरिष्ट सुनाए।...

सपथ लिँदालिँदै प्रम ओलीले भनेः त्यो पर्दैन,...अनि राष्ट्रपति हाँसिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराउँदै गर्दा प्रम ओलीले ‘त्यो पर्दैन’ भनेका छन्।...